राज शाही शुक्रबार, जेठ २०, २०७९ मा प्रकाशित

featured photo: Mansarowar Times

कर्णाली प्रदेश हुम्ला जिल्लाको निर्वाचन क्षेत्र क को चंखेली गाउँपालिका अध्यक्ष प्यारीलाल शाहीले स्वतन्त्रबाट बहुमतले स्थानिय तह अध्यक्षमा निर्वाचित भएका छन । स्वतन्त्रकोतर्फबाट उनी उम्मेद्धवार रहेका थिए भने गठवन्दनको तर्फबाट गोविन्द बहादुर शाही चंखेली गाउँपालिकाको अध्यक्षमा चुनावी प्रतिश्पर्दामा रहेका थिए ।

चंखेली गाउँपालिकाको अध्यक्षमा निर्वाचित भए सँगै प्यारीलाल शाहीले शिक्षा, स्वास्थ्य, उद्धम शिलता र रोजगार चंखेली विकासको आधार पहिलो प्राथमिकता दिदै समृद्ध चंखेली शान्तीपुर्ण चंखेली भन्ने मुलनारालाई मुल मन्त्र बनाएका छन् । गाउँपालिकाबाट शिक्षा, स्वास्थ्य, कृषिका लागी प्रभाह हुने सेवामा पनि चुस्त दुरुष्त बनाइ बास्तविक लक्षित बर्गले पाए नपाएको कुरालाई पहिलो प्राथामिकतामा राखी अनुगमन मुल्याङकन गर्ने बताएका छन् ।
यो पछिल्लो समय कागजी कृषक बन्नेको होडबाजी चली रहेका वेला त्यसलाई निरुत्साहीत गर्दै बास्तविक किसान पहिचान गरी कृषिका कार्यक्रम लक्षित वर्गमा पुर्याउने प्रतिवद्धता अध्यक्ष शाहीले ब्यक्त गरेका छन् । दलित अलप संख्यक, गरिवको रेखामुनी रहेका जनताका बालबालिकालाई कक्षा १ देखि उच्च शिक्षा अध्ययनका लागी प्ररित गर्न गाउँपालिकाले साथ र सहयोग गर्ने पनि शाहीले बताएका छन् ।

यस अघि गाउँपालिकाको स्वास्थ्य संस्थामा सिटामोल सम्म नभइ उपचार गर्न नपाएको भन्ने गुनासोलाई सम्बोधन गर्दै उक्त गाउँपालिकामा रहेका स्वास्थ्य संस्थामा औषधीको मौजातलाई पहिलो प्राथमिकता राख्ने शाहीले बताएका हुन ।चुनावी घर दैलोमा जानेक्रममा जनतासँग गरीएका बाचा पुरा गर्न र निर्वाचित भई सकेपछि नेताहरु गाउँमा नफर्किने परिपार्टीको अन्तगर्न पनि आफु लागी परेको उनले बताएका छन् । जनतासँग भेटघाट गरी बास्तविक समस्याको पहिचान गरी समस्यालाई समाधान गर्ने तर्फ आफु केन्द्रित हुने चंखेली गाउँपालिक अध्यक्ष प्यारीलाल शाहीले बताएका छन् ।

सम्बन्धित

ताजा अपडेट
अनुमति लिएर राखिएका हातहतियार बुझाउन अपिल
लोकतन्त्रको सुन्दर पक्ष निर्वाचन भएको , काँग्रेस उम्मेदवार रोकाया
प्रतिनिधिसभा निर्वाचनका लागि हुम्ला जिल्लाबाट ८ वटा दलले मनोनयन दर्ता

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: [email protected]

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९