दाने बोहरा बुधबार, जेठ ०७, २०७७ मा प्रकाशित

हुम्ला
मन्त्रालयको पास लिएर आएको भन्दै पावर र पहुँचको भरमा लकडाउनको उल्लघन गर्दै हुनेखाने वर्ग हवाई जहाज मार्फत सिमकोट आईपुग्ने गर्दछन् ।

नेपाल सरकारले चैत ११ गतेबाट लकडाउन गरेपछि जिल्ला बाहिर रहेका हुम्लीलाई घरपुग्न सास्ति भएको छ । मंगलबार मात्रै चार जना सुर्खेतबाट जिल्ला आईपुगेका छन् भने सुर्खेत, नेपालगन्जमा रहेका अन्य हुम्ली दुई महिना देखि घरजान पाउ भन्दै अलपत्रमा परिरहेका छन् ।

निजी एयरलाइनसहरुले दैनिकी दिन नेपालगन्ज र सुर्खेतबाट कार्गो ओसारीरहेका छन् भने यहाँका नागरीक जिलला बाहिर अलपत्रमा परिरहेका छन् ।

घर पुग्न नपाउँदा नेपालगञ्ज र सुर्खेतमा लकडाउनको कारण २ महिना देखी होटेलको बास खेपीरहेका हुम्लीले चर्को मुल्य तिरेर होटेल बस्नु पर्ने बाध्यता रहेको छ ।
गर्मी खाँदै खर्च पानी सकिएर हरेक दिन नेपालगन्ज र सुर्खेतमा हुम्लीहरु रोईरहेका छन् भने अर्को तिर हुम्लाका नेताहरु हुम्लामा उद्धार गर्दा हुम्ला नल्याउनु पर्ने हो भनेर भन्ने लागी रहेका छन् । नेपालगञ्ज र सुर्खेतमा होटेलको वास वसिरहेका हुम्लीहरुले आफुसँग भएको पैसा सकिएर पानी किन्ने पैसा समेत नभएको गुनासो गर्न थालेका छन् ।

यता स्थानिय तहमा उद्धार, राहतको नामा झण्डै करोडौं सकिएको छ तर वास्तविक पिडितले के कती पाए भन्ने कुरा मुल्याँकन गर्न गाह्रो भएको छ । जिल्लाका नागरीक जिल्ला बाहिर भोक र रोगको चिन्ताले घरजान पाउँ भन्दै तड्पीरहेका छन भने स्थानिय तह उद्धार र राहतको नाममा नारा लगाउँदै ठिक्क रहेको पाइएको छ ।

नेपालगञ्ज सुर्खेतमा दुई देखि तीन सय हुम्ली अलपत्रमा परहेको नेपालगन्जबाट राम बहादुर बोहराले जानकारी दिनुभयो । आफु जस्तै सयौं हुम्ली नेपालगन्जमा घर पुग्न नपाएर बसीरहेको बताउनुभयो ।

सम्बन्धित

ताजा अपडेट
हुम्लाका विकास आयोजनाको अनुगमन तथा निरिक्षण
रा. स्व. पा. द्धारा जनताका कुरा हामी सुन्छौ कार्यक्रम संचालन
मेडिकल जीवनमा मिनेट भन्दा पनि सेकेन्डको महत्व धेरै हुनेः पुर्व मुख्य मन्त्री शाही

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: rajanhahi@gmail.com

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९