राज शाही मंगलबार, जेठ १७, २०७९ मा प्रकाशित

featured photo: Mansarowar Times

हुम्ला जिल्ला अदालतको उद्धाटन गर्न सर्वोच्च अदालतका सम्माननीय कायम मुकायम प्रधान न्यायाधीश हुम्ला आउने भएका छन् । हुम्ला जिल्ला अदालतको उद्धाटन गर्न आउने कायम मुकायम प्रधान न्यायाधीशमा दिपक कुमार कार्की रहेका छन् । प्रधानन्यायाधीश कार्की सहित सर्वोच्च अदालतका वरिष्ट माननीय न्यायाधीश हरिकृष्ण कार्की, रजिष्टार नारायण पन्थी, सर्वोच्च अदालतका सह रजिष्टार बाबुराम दाहाल लगायत ६ जना हुम्ला जिल्लामा आउने भएका हुन । जेठ १८ गते विहान ८ वजे हुम्ला जिल्ला अदालतको उद्धाटन हुने भएको हुम्ला जिल्ला अदालतका न्यायाधीश जगतबहादुर पौडेलले बताएका छन् ।

हुम्ला जिल्ला अदालतको भवन निर्माणको लागी मिति २०७१ साल बैसाख १६ गते २ करोड ६२ लाख २५ हजार ३ सय ३३ रुपैंया ९६ पैसा भ्याट बाहेक सम्झौता भएको थियो । स्टमेट अनुसारको रकम ३ करोड ६७ लाख ११ हजार ६ सय ६२ रुपैंया ३४ पैसा भ्याटबाहेक रहेको थियो । शहरी विकास तथा भवन निर्माण मन्त्रालयले रकम विनियोजन गरी शहरी विकास तथा भवन निर्माण विभाग डिभिजन कार्यालयबाट ठेक्का आब्हान भई धुलिखेल निशान कुवर जे भि बानेश्वर काठमाण्डौंले निर्माण गरेको थियो । सो भवनको सिलन्यास हुम्ला जिल्लाका श्रेस्तेदार शाखा अधिकृत शिवलाल पान्डेले २०७२ साल कार्तिकमा सिलन्यास गरेका थिए । उक्त भवनको निर्माण कार्य २०७७ साल बैशाख ३ गते सम्पन्न भएको थियो ।

२ तले सौचालय सहित २८ कोठाको हुम्ला जिल्ला अदालतको भवन रहेको छ । का मु प्रधान न्यायाधीश हुम्ला जिल्ला अदालतको उद्धाटन गर्न आउने भए पछि हुम्ला जिल्ला अदालत सिगारीएको छ । उद्धघाटन कार्यक्रमको तयारी कार्य पुरा भएको हुम्ला जिल्ला अदालतका श्रेस्तेदार उपसचिव कमलकुमार आचार्यले बताएका छन् । भवन उद्घाटन कार्यक्रमपछि उनले जिल्ला अदालतको अनुमगन तथा निरीक्षण समेत गर्ने श्रेस्तेदार उपसचिव आचार्यले बताए ।

हुम्लाको कार्यक्रमपछि उनी जुम्ला जिल्लाको उच्च अदालतको निरीक्षण गर्नेछन् । त्यस पछि दिउसो नेपालगंजफर्कने कार्यक्रम रहेको छ । आज मंगलवार भने उनले डोल्पा र मुगु जिल्ला अदालतको निरीक्षण गरेका छन् । उनी हेलिकोप्टरमा हुम्ला आउन लागेका हुन ।

सम्बन्धित

ताजा अपडेट
हुम्लाका छ दर्जन बढी योजनाको काम चिसोले प्रभावित
हेड नेपालको सहयोगमा ३४ औ अन्तराष्ट्रिय अपाङ्गता दिवस मनाइयो
मोतिया विन्दु सल्यक्रिया र हेपाटाइटिस बि सम्बन्धिको भ्याक्सिनेसन शिविर

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: [email protected]

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९