राज शाही मंगलबार, जेठ १७, २०७९ मा प्रकाशित

हुम्ला जिल्ला अदालतको उद्धाटन गर्न सर्वोच्च अदालतका सम्माननीय कायम मुकायम प्रधान न्यायाधीश हुम्ला आउने भएका छन् । हुम्ला जिल्ला अदालतको उद्धाटन गर्न आउने कायम मुकायम प्रधान न्यायाधीशमा दिपक कुमार कार्की रहेका छन् । प्रधानन्यायाधीश कार्की सहित सर्वोच्च अदालतका वरिष्ट माननीय न्यायाधीश हरिकृष्ण कार्की, रजिष्टार नारायण पन्थी, सर्वोच्च अदालतका सह रजिष्टार बाबुराम दाहाल लगायत ६ जना हुम्ला जिल्लामा आउने भएका हुन । जेठ १८ गते विहान ८ वजे हुम्ला जिल्ला अदालतको उद्धाटन हुने भएको हुम्ला जिल्ला अदालतका न्यायाधीश जगतबहादुर पौडेलले बताएका छन् ।

हुम्ला जिल्ला अदालतको भवन निर्माणको लागी मिति २०७१ साल बैसाख १६ गते २ करोड ६२ लाख २५ हजार ३ सय ३३ रुपैंया ९६ पैसा भ्याट बाहेक सम्झौता भएको थियो । स्टमेट अनुसारको रकम ३ करोड ६७ लाख ११ हजार ६ सय ६२ रुपैंया ३४ पैसा भ्याटबाहेक रहेको थियो । शहरी विकास तथा भवन निर्माण मन्त्रालयले रकम विनियोजन गरी शहरी विकास तथा भवन निर्माण विभाग डिभिजन कार्यालयबाट ठेक्का आब्हान भई धुलिखेल निशान कुवर जे भि बानेश्वर काठमाण्डौंले निर्माण गरेको थियो । सो भवनको सिलन्यास हुम्ला जिल्लाका श्रेस्तेदार शाखा अधिकृत शिवलाल पान्डेले २०७२ साल कार्तिकमा सिलन्यास गरेका थिए । उक्त भवनको निर्माण कार्य २०७७ साल बैशाख ३ गते सम्पन्न भएको थियो ।

२ तले सौचालय सहित २८ कोठाको हुम्ला जिल्ला अदालतको भवन रहेको छ । का मु प्रधान न्यायाधीश हुम्ला जिल्ला अदालतको उद्धाटन गर्न आउने भए पछि हुम्ला जिल्ला अदालत सिगारीएको छ । उद्धघाटन कार्यक्रमको तयारी कार्य पुरा भएको हुम्ला जिल्ला अदालतका श्रेस्तेदार उपसचिव कमलकुमार आचार्यले बताएका छन् । भवन उद्घाटन कार्यक्रमपछि उनले जिल्ला अदालतको अनुमगन तथा निरीक्षण समेत गर्ने श्रेस्तेदार उपसचिव आचार्यले बताए ।

हुम्लाको कार्यक्रमपछि उनी जुम्ला जिल्लाको उच्च अदालतको निरीक्षण गर्नेछन् । त्यस पछि दिउसो नेपालगंजफर्कने कार्यक्रम रहेको छ । आज मंगलवार भने उनले डोल्पा र मुगु जिल्ला अदालतको निरीक्षण गरेका छन् । उनी हेलिकोप्टरमा हुम्ला आउन लागेका हुन ।

सम्बन्धित

ताजा अपडेट
लैङ्गिक हिंसा, जातीय संवेदनशीलता तथा सामाजिक सद्भावसम्बन्धि कार्याशाला गाेष्ठी
विद्यालयमा दिवा खाजा कार्यक्रममा प्राकृतिक खेतीका उत्पादन जोड्न समन्वय
विषादी रहित स्थानीय उत्पादन विद्यालयको दिवा खाजामा प्रयोग

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: [email protected]

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९