राज शाही सोमबार, जेठ १६, २०७९ मा प्रकाशित

खार्पुनाथ गाउँपालिका हुम्ला वडा नं ५ को पहिलो वैठक संचालन भएको थियो । सोही वडाका वडा अध्यक्ष भरतजंग शाहीको अध्यक्षतामा वसेको वैठकले विद्युत महसुल देखि सुत्केरीलाई गाडी भाडा सम्म निशुल्क गर्ने निर्णय गरिएको बताएका छन् । खार्पुनाथ गाउँपालिकाको जनताको घरदैलोमा पुगी आवश्यकतालाई पहिचान गरी अति आवश्यकका योजनाहरुलाई पहिलो प्राथामिकतामा राखी योजना संचालन गर्ने निर्णय गरिएको अध्यक्ष शाहीले बताएका छन् ।

खार्पुनाथ गाउँपालिका वडा नं ५ मा विद्युत लाईन विस्तार नभएका घरधुरीमा विद्युत जडान गर्ने र विद्युत जडान भएका घुरीहरुको विद्युत महसुल खार्पुनाथ गाउँपालिका वडा नं ५ ले तिर्ने निर्णय समेत गरिएको छ । सोही अनुसार वडा नं ५ मा कोही कसैको मृत्यु वरण भएमा किरिया खर्च वापत १० हजार दिने, सुत्केरी महिलालाई खार्पुनाथ गाउँपालिकामा उपचार हुन नसकि जिल्ला सदरमुकाम सिमकोटमा रहेको जिल्ला स्वास्थ्य सेवा कार्यालयमा रिफर गर्नु पर्यो भने निशुल्क गाडी भाडा उपलब्ध गराउने, सोही गाउँपालिकाको गाउँपालिकाबाट स्यालाबाड हुँदै जाकोट सम्मको सडक निमार्णको लागी यस अघि डिपिआर तयार भइ सकेकोले त्यसलाई कार्यान्वयनमा ल्याउने, सोही वडा पालिकाको दुर्पामा ढल निकासा गर्ने, ताक्ला बाम्टा गाउँमा हेमा खोला सिचाइ र आरन भवन निर्माण गर्ने र खर्पेल गाउँमा ढल निकास गर्ने लगाएतका निर्णय गरि नवनिर्वाचित अध्यक्ष शाहीले बताएका छन् ।
त्यसै गरी गाउँ घरमा फैलन सक्ने माहामारीको नियन्तणका लागी संधै सजक सहज भइ घरआगन सरसफाइ राख्न लगाउन, लक्षित समुदाय गरिव निमुखा जनताका बाल बच्चालाई विद्यालय जानका लागी प्ररित गर्न जनचेतनामुलक कार्यक्रम संचालन गर्ने, विद्यालय खानेपानीका धार पाटी पाउवा सरसफाइ राख्ने खार्पुनाथ गाउँपालिका वडा नं ५ को पहिलो वडा पालिकाको वैठकले निर्णय गरेको छ ।

सम्बन्धित

ताजा अपडेट
मेडिकल जीवनमा मिनेट भन्दा पनि सेकेन्डको महत्व धेरै हुनेः पुर्व मुख्य मन्त्री शाही
नेपाली काँग्रेस प्रदेश सभा क्षेत्र क र ख को अधिवेसन सम्पन्न
माध्यामिक विद्यालय शिक्षक युनियन जिल्ला कार्यसमिति गठन

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: rajanhahi@gmail.com

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९