राज शाही सोमबार, जेठ १६, २०७९ मा प्रकाशित

featured photo: Mansarowar Times

कर्णाली प्रदेश हुम्ला जिल्लाको निर्वाचन क्षेत्र क को सर्केगाड गाउँपालिका अध्यक्ष ठानबहादुर रोकाया बहुमतले स्थानिय तह अध्यक्षमा निर्वाचित भएका छन । गठवन्धन दलको तर्फबाट उनी उम्मेद्धवार रहेका थिए भने नेकपा एमालेबाट ज्ञामी बुमी सर्केगाड गाउँपालिकाको अध्यक्षमा चुनावी प्रतिश्पर्दामा रहेका थिए ।

सर्केगाड गाउँपालिकाको अध्यक्षमा निर्वाचित भए सँगै ठानबहादुर रोकायाले शिक्षा, स्वास्थ्य, उद्धम शिलता र रोजगार सर्केगाड विकासको आधार भन्ने मुलनारालाई मुल मन्त्र बनाएका छन् । यसअघि सरकारले सुत्केरीलाई प्रोत्साहन र यातायात खर्च दिँदै आएको र उक्त प्रोत्साहन अतिरिक्त गाउँपालिकाले थप्ने अध्यक्ष रोकायाले बताएका हुन । गाउँपालिकाबाट शिक्षा, स्वास्थ्य, कृषिका लागी प्रभाह हुने सेवामा पनि चुस्त दुरुष्त बनाइ बास्तविक लक्षित बर्गले पाए नपाएको कुरालाई पहिलो प्राथामिकतामा राखी अनुगमन मुल्याङकन गर्ने बताएका छन् ।

यो पछिल्लो समय कागजी कृषक बन्नेको होडबाजी चली रहेका वेला त्यसलाई निरुत्साहीत गर्दै बास्तविक किसान पहिचान गरी कृषिका कार्यक्रम लक्षित वर्गमा पुर्याउने प्रतिवद्धता अध्यक्ष रोकायाले ब्यक्त गरेका छन् । दलित अलप संख्यक, गरिवको रेखामुनी रहेका जनताका बालबालिकालाई कक्षा १ देखि उच्च शिक्षा अध्ययनका लागी प्ररित गर्न गाउँपालिकाले साथ र सहयोग गर्ने पनि रोकायाले बताएका छन् । यस अघि गाउँपालिकाको स्वास्थ्य संस्थामा सिटामोल सम्म नभइ उपचार गर्न नपाएको भन्ने गुनासोलाई सम्बोधन गर्दै उक्त गाउँपालिकामा रहेका स्वास्थ्य संस्थामा औषधीको मौजातलाई पहिलो प्राथमिकता राख्ने रोकायाले बताएका हुन ।

चुनावी घर दैलोमा जानेक्रममा जनतासँग गरीएका बाचा पुरा गर्न र निर्वाचित भई सकेपछि नेताहरु गाउँमा नफर्किने परिपार्टीको अन्तगर्न पनि आफु लागी परेको उनले बताएका छन् । सर्केगाड गाउँपालिकाको वडा नं २ र ३ बाहेक अरुठाउँका मतदाताको घरदैलोमा यस अघि पुगी जनता सँग भेटघाट गरी त्यहाँको बास्तविक समस्याको पहिचान गरेको र जेठ १७ गते सोही गाउँ पालिकाको वडा नं २ र ३ रिप र उनापानीमा पुगी त्यहाँका जनतासँग भेटघाट गरी बास्तविक समस्याको पहिचान गरी समस्यालाई समाधान गर्ने तर्फ आफु केन्द्रित हुने सर्केगाड गाउँपालिक अध्यक्ष ठानबहादुर रोकायाले बताएका छन् ।

सम्बन्धित

ताजा अपडेट
हुम्लाका छ दर्जन बढी योजनाको काम चिसोले प्रभावित
हेड नेपालको सहयोगमा ३४ औ अन्तराष्ट्रिय अपाङ्गता दिवस मनाइयो
मोतिया विन्दु सल्यक्रिया र हेपाटाइटिस बि सम्बन्धिको भ्याक्सिनेसन शिविर

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: [email protected]

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९