Mansarowar Times आइतबार, जेठ १५, २०७९ मा प्रकाशित

featured photo: Mansarowar Times

हुम्लाको नाम्खा गाउँपालिका–६ को लिमीको चौरी श्रोत केन्द्रमा १ सय ३२ वटा चौरी हाल पालन भइरहेका छन् ।चौरी पालनको राम्रो सम्भावना भएको लिमीमा तिन वर्ष अघि चौरी पालन श्रोत केन्द्र स्थापना गरी चौरी थप्ने कार्य जारी रहेको जिल्ला पशु अस्पताल तथा पसु सेवा कार्यालय प्रमुख ज्ञानेन्द्र वुढथापाले बताएका छन् ।

उनका अनुसार पहिलो वर्ष सत प्रतिसत अनुदानमा कर्णाली प्रदेशको हुम्ला जिल्लाको हिमाल पारीको गाउँमा चौरी पालन श्रोत केन्द्र स्थापना गरेको हो । पहिलो वर्ष उक्त कार्यालयले चौरिका लागी गोठ निर्माण गरि ७० वटा चौरी गाई र ३ वटा भाले याक उपलब्ध गराएको थियो । अहिले उक्त चौरीहरुबाट जन्मेका बाच्छा बाच्छी गरेर १ सय ३२ वटा चौरी श्रोत केन्द्रमा रहेको अनुगमनमा क्रममा देखिएको प्रमुख वुढथापाले बताएका छन् ।

पहिलाका वर्षमा भन्दा अहिले चौरी पालनका लागी लीमीका युवा कृषकहरुमा उत्सुकता वढेको पाइएको र पहिला हिल्सा नाका खोल्दा युवाहरु रोजगारीका लागी चाइना जाने गरेको र चौरी पालन प्रति ध्यान नगएको र अहिले उक्त नाका बन्दा हुँदा स्थानिय कृषक रोजगारीको माध्यम चौरी पालनलाई बनाएको अनुगमनका क्रममा पाइएको वुढथापाले बताएका छन् ।

नाम्खा गाउँ पालिका श्रोत केन्द्र स्थापनाका लागी पहिलो वर्ष ५९ लाख स्वीकृत भई आए बमोजिम सत प्रतिसत लगानी गरिने र समुदायबाट २६ लाख बरावरको श्रमदान गरी १ सय ११ वटा माउ चौरी किन्ने र ५ वटा भाले चौरी किनिने छन् ।नाम्खा गाउँ पालिका वडा नं ६ को लिमी सँगै सोही गाउँपालिकाको वडा नं ५ यारीमा पनि चौरी श्रोत केन्द्र स्थापना गरिएको छ ।

यारीमा गत वर्ष ४८ वटा चौरी वितरण गरेको र अहिले १२ वटा बाच्छा बाच्छी जन्मेर ६० वटा चौरी पुगेको पशु अस्पताल तथा पशु सेवा कार्यालय प्रमुख बुढथापाले बताएका छन् । यो वर्ष ३५ वटा चौरी यारी चौरी श्रोत केन्द्रमा थपिएका छन् ।
नाम्खा गाउँ पालिकाको मुचुमा चौरी श्रोत केन्द्र स्थापना गरीने भएको छ । नाम्खा गाउँ पालिकाको वडा नं ५ र ६ चौरी चरिचरनका लागी अतिउपयुक्त पाटन भएकाले ति वडामा चौरी श्रोत केन्द्र वनाइ चरिचरन क्षेत्रको सदुउपयो गरी त्यसबाट स्थानियलाई रोजगारी दिई आयआर्जनमा वृद्धि गर्ने लक्ष्य लिएको बुढथापाले बताएका छन् ।

सम्बन्धित

ताजा अपडेट
जिल्ला स्वास्थ्य सेवा कार्यालय हुम्लाले इन्फ्लुएन्जा (फ्लु) बाट बच्न आग्रह
घरपालुवा पशुलाइ जंगली जनावर भालुले क्षेती पुर्याय क्षेतीपुर्ती पाउने
२२ औं महिला स्वास्थ्य स्वयंसेविका दिवस  विभिन्न कार्यक्रम गरि मनाइयो

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: [email protected]

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९