राज शाही आइतबार, जेठ १५, २०७९ मा प्रकाशित

सिमकोट गाउँपालिका कार्यपालिकाको सदस्यमा ६ जना नै गठवन्दनका निर्वाचित भएका छन् । नव निर्वाचितहरुलाई मुख्य निर्वाचन अधिकृत जगतबहादुर पौडेलले प्रमाणपत्र समेत आइतबार प्रधान गरिएको थियो ।
सिमकोट गाउँपालिकाको कार्यपालिकाको निर्वाचनमा निर्वाचित हुने महिला सदस्य कल्पना लामाले कुल मत मध्य २९ मत, गुयाला रावतले ३० मत, काँङसो लामाले ३० मत र डाँफु बोहराले २९ मत प्राप्त गरी विजयी भएकी छन् ।

त्यसै गरी महिला सदस्यको लागी आफ्नो मनोनयन दर्ता गराएकी उर्गेन डोल्मा लामा १२ र रुप्सी सुनारले १२ मत प्राप्त गरेकी थिइन । त्यसै गरी दलित अल्पसंख्यक पदका लागी हर्कधन कामी, गोपाल कामी र टसि विक चुनावी प्रतिष्पर्दामा रहेका थिए । जसमा गोपाल कामीले कुल मतको २६ मत र टसि विकले २५ मत प्राप्त गरी विजयी भएका छन् । दलित अल्पसंख्यक सदस्यको लागी निर्वाचनमा गएका हर्कधन कामीले १२ मत प्राप्त गरेका थिए । दलित अल्पसंख्यक सदस्यको निर्वाचनमा ३ मत वदर भएका थिए ।

सम्बन्धित

ताजा अपडेट
मेडिकल जीवनमा मिनेट भन्दा पनि सेकेन्डको महत्व धेरै हुनेः पुर्व मुख्य मन्त्री शाही
नेपाली काँग्रेस प्रदेश सभा क्षेत्र क र ख को अधिवेसन सम्पन्न
माध्यामिक विद्यालय शिक्षक युनियन जिल्ला कार्यसमिति गठन

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: rajanhahi@gmail.com

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९