राज शाही आइतबार, जेठ १५, २०७९ मा प्रकाशित

हिमाली जिल्ला हुम्लाको सदरमुकाम भएको छ । उक्त निर्वाचनले ६ सदसिय सिमकोट गाउँपालिकाको कार्यपालिकाका सदस्यहरु निर्वाचित भएका छन् । निर्वाचित हुनेमा महिला सदस्य ४ जना र दलित अल्प संख्यक २ जना निर्वाचित भएको मुख्य निर्वाचन अधिकृत जगतबहादुर पौडेलले बताएका छन् ।
महिला सदस्यमा निर्वाचित हुनेमा सिमकोट गाउँ पालिका कार्यपालिका सदस्यहरुमा कल्पना लामा, गुयाला रावत, काङसो लामा र डाँफु बोहरा रहेकी छन् । त्यसै गरी दलित अल्प संख्यकमा निर्वाचित हुनेमा गोपाल कामी र टसि विक रहेका छन् ।
कुल मतदाता ४२ जना रहेकोमा १ जनाको अनुउपस्थित रही ४१ जना मतदाताले मतदान गरेका थिए । मतदान गर्नेमा यस अघि सिमकोट गाउँ पालिकाको ८ वटै वडामा निर्वाचित स्थानिय तहका सदस्यहरुले मतदान गरेका थिए । गाउँकार्यपालिकाको सदस्यका लागी गठवन्दनबाट ६ जना र नेकपा एमालेबाट ३ जनाले कार्यपालिकाको सदस्यका लागी मनोनयन दर्ता गराएका थिए ।

सम्बन्धित

ताजा अपडेट
लैङ्गिक हिंसा, जातीय संवेदनशीलता तथा सामाजिक सद्भावसम्बन्धि कार्याशाला गाेष्ठी
विद्यालयमा दिवा खाजा कार्यक्रममा प्राकृतिक खेतीका उत्पादन जोड्न समन्वय
विषादी रहित स्थानीय उत्पादन विद्यालयको दिवा खाजामा प्रयोग

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: [email protected]

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९