राज शाही शनिबार, जेठ १४, २०७९ मा प्रकाशित

खार्पुनाथ गाउँ पालिका हुम्लाको पहिलो बैठक शनिवार वसेको छ । खार्पुनाथ गाउँ पालिका अध्यक्ष कर्णबहादुर रावलको अध्यक्षतामा वसेको बैठकले स्थानिय राजस्व प्रामर्स समिति, श्रोत अनुमान तथा बजेट सिमा निर्धारण समिति, विषयगत समिति, न्यायीक समिति, वजेट तथा कार्यक्रम गठन समिति र प्रवक्ता तोकेको छ ।
खार्पुनाथ गाउँ पालिका वडा नं ५ का वडा अध्यक्ष भरजंग शाहीलाई सो गाउँपालिकाको प्रवक्ता तोकेको छ । खार्पुनाथ गाउँ पालिकाले गरेका काम कार्यको विवरण प्रवक्ता भरतजंग शाहीले प्रकासित गर्ने भएका छन् ।
राजस्व प्रामर्स समितिको संयोजकमा सोही गाउँपालिका उपाध्यक्ष ज्ञानबहादुर सिंहको संयोजगत्वमा ७ सदसिय समित गठन गरेको छ । त्यसै गरी खार्पुनाथ गाउँ पालिका अध्यक्ष कर्णबहादुर रावलको संयोजगत्वमा ७ सदसिय श्रोत अनुमान तथा बजेट सिमा निर्धारण समिति गठन गरेको छ । त्यसै गरी अन्य समितिहरु पनि गाउँपालिकाका जनप्रतिनिधिको मर्यादा क्रम अनुसार समिति गठन गरिएको सोही गाउँ पालिकाका प्रवक्ता एव खार्पुनाथ गाउँपालिका वडा नं ५ का वडा अध्यक्ष भरतजंग शाहीले बताएका छन् ।
बैठकमा खार्पुना गाउँ पालिकाका ५ वटै वडाका वडा अध्यक्ष सदस्य, गाउँपालिका अध्यक्ष उपाध्यक्षहरुको उपस्थित रहेको थियो ।

सम्बन्धित

ताजा अपडेट
लैङ्गिक हिंसा, जातीय संवेदनशीलता तथा सामाजिक सद्भावसम्बन्धि कार्याशाला गाेष्ठी
विद्यालयमा दिवा खाजा कार्यक्रममा प्राकृतिक खेतीका उत्पादन जोड्न समन्वय
विषादी रहित स्थानीय उत्पादन विद्यालयको दिवा खाजामा प्रयोग

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: [email protected]

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९