राज शाही शनिबार, जेठ १४, २०७९ मा प्रकाशित

featured photo: Mansarowar Times

खार्पुनाथ गाउँ पालिका हुम्लाको पहिलो बैठक शनिवार वसेको छ । खार्पुनाथ गाउँ पालिका अध्यक्ष कर्णबहादुर रावलको अध्यक्षतामा वसेको बैठकले स्थानिय राजस्व प्रामर्स समिति, श्रोत अनुमान तथा बजेट सिमा निर्धारण समिति, विषयगत समिति, न्यायीक समिति, वजेट तथा कार्यक्रम गठन समिति र प्रवक्ता तोकेको छ ।
खार्पुनाथ गाउँ पालिका वडा नं ५ का वडा अध्यक्ष भरजंग शाहीलाई सो गाउँपालिकाको प्रवक्ता तोकेको छ । खार्पुनाथ गाउँ पालिकाले गरेका काम कार्यको विवरण प्रवक्ता भरतजंग शाहीले प्रकासित गर्ने भएका छन् ।
राजस्व प्रामर्स समितिको संयोजकमा सोही गाउँपालिका उपाध्यक्ष ज्ञानबहादुर सिंहको संयोजगत्वमा ७ सदसिय समित गठन गरेको छ । त्यसै गरी खार्पुनाथ गाउँ पालिका अध्यक्ष कर्णबहादुर रावलको संयोजगत्वमा ७ सदसिय श्रोत अनुमान तथा बजेट सिमा निर्धारण समिति गठन गरेको छ । त्यसै गरी अन्य समितिहरु पनि गाउँपालिकाका जनप्रतिनिधिको मर्यादा क्रम अनुसार समिति गठन गरिएको सोही गाउँ पालिकाका प्रवक्ता एव खार्पुनाथ गाउँपालिका वडा नं ५ का वडा अध्यक्ष भरतजंग शाहीले बताएका छन् ।
बैठकमा खार्पुना गाउँ पालिकाका ५ वटै वडाका वडा अध्यक्ष सदस्य, गाउँपालिका अध्यक्ष उपाध्यक्षहरुको उपस्थित रहेको थियो ।

सम्बन्धित

ताजा अपडेट
अनुमति लिएर राखिएका हातहतियार बुझाउन अपिल
लोकतन्त्रको सुन्दर पक्ष निर्वाचन भएको , काँग्रेस उम्मेदवार रोकाया
प्रतिनिधिसभा निर्वाचनका लागि हुम्ला जिल्लाबाट ८ वटा दलले मनोनयन दर्ता

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: [email protected]

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९