राज शाही शुक्रबार, जेठ १३, २०७९ मा प्रकाशित

७ दिने पोषण प्याकेज सम्बन्धी स्वास्थ्यकर्मीहरुका लागी क्षमता अभिवृद्धि अभिमुखीकरण सुरु भएको छ । हिमाली जिल्ला हुम्लामा पोषण सम्बन्धी स्वास्थ्यकर्मीलाई जानकारी गराउन र उपचार विधिकाबारमा सिकउन र हुम्ला जिल्लाको निर्वाचन क्षेत्र ख को सिमकोट गाउँ पालिकामा रहेका बालबालिकाहरुलाई पोषणमा पउच पुर्याउनको लागी उक्त अभिमुखी करण संचालन गरिएको बताउदै पोषण कार्यक्रमका जिल्ला संयोजक उमेस साउदले यसरी बताएका छन् ।
जेठ १९ गते सम्म संचालन हुने वृहत पोषण प्याकेज सम्बन्धी स्वास्थ्यकर्मीहरुका लागी क्षमता अभिवृद्धि तालिममा सिमकोट गाउँ पालिकामा स्थापना भएका ४३ जना स्वास्थ्यकर्मीको सहभागीता रहेको र उक्त अभिमुखी करण गोष्ठीमा सिकाइने विषय बस्तुका बारेमा जानकारी दिदै सिमकोट गाउँ पालिका श्वास्थ्य शाखा प्रमुख नर भण्डारीले बताएका छन् ।
जिल्ला सदरमुकाम सिमकोट गाउँ पालिकामा ४ वटा स्वास्थ्य चौकी, सामुदायीक स्वास्थ्य चौकी ५ वटा रहेका छन् । उक्त तालिमलाई प्रशिक्षण सिमकोट गाउँ पालिका स्वास्थ्य शाखा प्रमुख नर भण्डारी र उमेश साउदले गरि रहेका छन् । सो अभिमुखिकरणले बालबालिकालाई कुपोषण हुन बाट बचाउनका लागी बालबालिकाको अभिभावकलाई सम्झाउन बुझाउन र उपचार गर्न सहज हुने स्वास्थ्यकर्मी मनमायावलीले बताएकी छन् ।

सम्बन्धित

ताजा अपडेट
लैङ्गिक हिंसा, जातीय संवेदनशीलता तथा सामाजिक सद्भावसम्बन्धि कार्याशाला गाेष्ठी
विद्यालयमा दिवा खाजा कार्यक्रममा प्राकृतिक खेतीका उत्पादन जोड्न समन्वय
विषादी रहित स्थानीय उत्पादन विद्यालयको दिवा खाजामा प्रयोग

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: [email protected]

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९