राज शाही शुक्रबार, जेठ १३, २०७९ मा प्रकाशित

featured photo: Mansarowar Times

७ दिने पोषण प्याकेज सम्बन्धी स्वास्थ्यकर्मीहरुका लागी क्षमता अभिवृद्धि अभिमुखीकरण सुरु भएको छ । हिमाली जिल्ला हुम्लामा पोषण सम्बन्धी स्वास्थ्यकर्मीलाई जानकारी गराउन र उपचार विधिकाबारमा सिकउन र हुम्ला जिल्लाको निर्वाचन क्षेत्र ख को सिमकोट गाउँ पालिकामा रहेका बालबालिकाहरुलाई पोषणमा पउच पुर्याउनको लागी उक्त अभिमुखी करण संचालन गरिएको बताउदै पोषण कार्यक्रमका जिल्ला संयोजक उमेस साउदले यसरी बताएका छन् ।
जेठ १९ गते सम्म संचालन हुने वृहत पोषण प्याकेज सम्बन्धी स्वास्थ्यकर्मीहरुका लागी क्षमता अभिवृद्धि तालिममा सिमकोट गाउँ पालिकामा स्थापना भएका ४३ जना स्वास्थ्यकर्मीको सहभागीता रहेको र उक्त अभिमुखी करण गोष्ठीमा सिकाइने विषय बस्तुका बारेमा जानकारी दिदै सिमकोट गाउँ पालिका श्वास्थ्य शाखा प्रमुख नर भण्डारीले बताएका छन् ।
जिल्ला सदरमुकाम सिमकोट गाउँ पालिकामा ४ वटा स्वास्थ्य चौकी, सामुदायीक स्वास्थ्य चौकी ५ वटा रहेका छन् । उक्त तालिमलाई प्रशिक्षण सिमकोट गाउँ पालिका स्वास्थ्य शाखा प्रमुख नर भण्डारी र उमेश साउदले गरि रहेका छन् । सो अभिमुखिकरणले बालबालिकालाई कुपोषण हुन बाट बचाउनका लागी बालबालिकाको अभिभावकलाई सम्झाउन बुझाउन र उपचार गर्न सहज हुने स्वास्थ्यकर्मी मनमायावलीले बताएकी छन् ।

सम्बन्धित

ताजा अपडेट
हुम्लाका छ दर्जन बढी योजनाको काम चिसोले प्रभावित
हेड नेपालको सहयोगमा ३४ औ अन्तराष्ट्रिय अपाङ्गता दिवस मनाइयो
मोतिया विन्दु सल्यक्रिया र हेपाटाइटिस बि सम्बन्धिको भ्याक्सिनेसन शिविर

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: [email protected]

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९