राज शाही बुधबार, जेठ ११, २०७९ मा प्रकाशित

खार्पुनाथ गाउँपालिका वडा नं ४ को वडा बैठक वसेको छ । वडा अध्यक्ष रंगमति शाहीको अध्यक्षतामा वसेको पहिलो बैठकले ४ वटा निर्णय गरेको छ ।
जसमा खार्पुनाथ गाउँपालिका वडा नं ४ मा वस्ने सुत्केरीलाई प्रोत्साहन स्वरुप ५ हजार दिने, सो वडामा स्थाइरुपमा वस्ने दलित अपाङ्ग र एकल महिलाका छोरा छोरीलाई उच्च शिक्षा कक्षा ११ भन्दा माथि अध्ययन गर्नका लागी वार्षिक २० हजार दिने, खार्पुनाथ गाउँ पालिका वडा नं ४ मा बसोबास भएका गाउँहरुमा टोल विकास समिति गठन गर्ने र उक्त वडामा संचालन हुने विकास निर्माणका कामहरुको पार्दशी र सुशासन कायम गर्न उपभोक्ता समितिको खर्च स्वरुप पन्ध्र प्रतिसत छुट्याउने र बाँकी रकम वडा अध्यक्षको रोहवरमा सार्वजनिक सुनुवाइ गरी सम्वन्धीत कामदारलाई बुझाउने, प्रत्येक उपभोक्ता समितिमा महिला ६० प्रतिसत अनिवारे सहभागिता गर्ने निर्णय गरिएको वडा अध्यक्ष रंगमती शाहीले बताएकी छन् ।
बैठक बुधबार दिनको १० वजे खार्पुनाथ गाउँपालिका वडा नं ४ को वडा कार्यालयमा वसेको थियो ।

सम्बन्धित

ताजा अपडेट
लैङ्गिक हिंसा, जातीय संवेदनशीलता तथा सामाजिक सद्भावसम्बन्धि कार्याशाला गाेष्ठी
विद्यालयमा दिवा खाजा कार्यक्रममा प्राकृतिक खेतीका उत्पादन जोड्न समन्वय
विषादी रहित स्थानीय उत्पादन विद्यालयको दिवा खाजामा प्रयोग

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: [email protected]

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९