राज शाही बुधबार, जेठ ११, २०७९ मा प्रकाशित

featured photo: Mansarowar Times

खार्पुनाथ गाउँपालिका वडा नं ४ को वडा बैठक वसेको छ । वडा अध्यक्ष रंगमति शाहीको अध्यक्षतामा वसेको पहिलो बैठकले ४ वटा निर्णय गरेको छ ।
जसमा खार्पुनाथ गाउँपालिका वडा नं ४ मा वस्ने सुत्केरीलाई प्रोत्साहन स्वरुप ५ हजार दिने, सो वडामा स्थाइरुपमा वस्ने दलित अपाङ्ग र एकल महिलाका छोरा छोरीलाई उच्च शिक्षा कक्षा ११ भन्दा माथि अध्ययन गर्नका लागी वार्षिक २० हजार दिने, खार्पुनाथ गाउँ पालिका वडा नं ४ मा बसोबास भएका गाउँहरुमा टोल विकास समिति गठन गर्ने र उक्त वडामा संचालन हुने विकास निर्माणका कामहरुको पार्दशी र सुशासन कायम गर्न उपभोक्ता समितिको खर्च स्वरुप पन्ध्र प्रतिसत छुट्याउने र बाँकी रकम वडा अध्यक्षको रोहवरमा सार्वजनिक सुनुवाइ गरी सम्वन्धीत कामदारलाई बुझाउने, प्रत्येक उपभोक्ता समितिमा महिला ६० प्रतिसत अनिवारे सहभागिता गर्ने निर्णय गरिएको वडा अध्यक्ष रंगमती शाहीले बताएकी छन् ।
बैठक बुधबार दिनको १० वजे खार्पुनाथ गाउँपालिका वडा नं ४ को वडा कार्यालयमा वसेको थियो ।

सम्बन्धित

ताजा अपडेट
हुम्लाका छ दर्जन बढी योजनाको काम चिसोले प्रभावित
हेड नेपालको सहयोगमा ३४ औ अन्तराष्ट्रिय अपाङ्गता दिवस मनाइयो
मोतिया विन्दु सल्यक्रिया र हेपाटाइटिस बि सम्बन्धिको भ्याक्सिनेसन शिविर

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: [email protected]

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९