राज शाही बुधबार, जेठ ११, २०७९ मा प्रकाशित

सिमकोट गाउँपालिकाको कार्यपालिका हुम्लाको निर्वाचनका लागी बुधबार मनोनयन पत्र दर्ता गरिएको छ । उक्त मनोनयन दर्ता मुख्य निर्वाचन अधिकृतको कार्यालय सिमकोट हुम्लामा गरिएको हो । उक्त कार्यालय हुम्ला जिल्ला अदालतमा रहेको छ । मुख्य निर्वाचन अधिकृत जगतबहादुर पौडेलले प्रत्यक्ष निगरानीमा सो मनोनयन दर्ता गरिएको हो । मनोनयन दर्ता गर्ने समयाधी बुधवार विहान १० वजे देखि दिनको ३ वजे सम्म राखिएको थियो ।
सिमकोट गाउँ पालिकामा गठवन्धनबाट ६ जनाको मनोनयन दर्ता भएको छ भने नेकपा एमालेबाट ३ जनाको मनोनयन दर्ता गरिएको छ । जसमा गठवन्धनबाट महिला सदस्यमा काँङसो लामा, डाँफु भण्डारी, कल्पना लामा र गुयाला रावत रहेकी छन भने दलित सदस्यमा गोपाल कामी र टसि विक रहेको मुख्य निर्वाचन अधिकृत कार्यालयका सहायक निर्वाचन अधिकृत पुर्णबहादुर केसीले बताएका छन् । त्यसै गरी नेकपा एमालेबाट महिला सदस्यमा उर्गेन डोल्मा लामा र रुप्सी सुनार रहेका छन् भने दलित सदस्यमा हर्कधन कामी रहेका छन् । महिला, दलित र अल्प संख्यक सदस्य पदको निर्वाचन प्रयोजनका लागी उक्त मनोनयन दर्ता गरिएको हो ।
मनोनयन दर्ता भएका उम्मेदवारको सुचि प्रकासन गर्ने जेठ ११ गते वेलुका ५ वजे सम्म, उम्मेदवारका विरुद्ध उजुरी दिने जेठ १२ गते विहान १० वजे देखि दिनको १२ वजे सम्म, मनोपत्र जाँच गर्ने र उजुरी उपर निर्णय गर्ने जेठ १२ गते दिनको १ वजे देखि वेलुका ५ वजे सम्म, उम्मेदवारको नामवली प्रकासन गर्ने जेठ १२ गते वेलुका ५ वजे देखि ६ वजे सम्म, उम्मेदवारको नामवली फिर्ता लिने जेठ १३ गते विहान १० वजे देखि दिनको १२ वजे सम्म, उम्मेदवारको अन्तिम नामवली प्रकासन गर्ने जेठ १३ गते दिनको ५ वजे सम्म, उम्मेदवारलाई निर्वाचन चिन्न प्रर्दान गर्ने जेठ १४ गते विहान १० वजे देखि दिनको १२ वजे सम्म रहेको छ ।
सिमकोट गाउँ पालिकाको कार्यापालिकाको निर्वाचन जेठ १५ गते विहान १० वजे देखि दिनको २ वजे सम्म सम्बन्धित मतदान केन्द्रमा हुने मुख्य निर्वाचन अधिकृत जगतबहादुर पौडेलले बताएका छन् ।

सम्बन्धित

ताजा अपडेट
लैङ्गिक हिंसा, जातीय संवेदनशीलता तथा सामाजिक सद्भावसम्बन्धि कार्याशाला गाेष्ठी
विद्यालयमा दिवा खाजा कार्यक्रममा प्राकृतिक खेतीका उत्पादन जोड्न समन्वय
विषादी रहित स्थानीय उत्पादन विद्यालयको दिवा खाजामा प्रयोग

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: [email protected]

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९