राज शाही बुधबार, जेठ ११, २०७९ मा प्रकाशित

featured photo: Mansarowar Times

सिमकोट गाउँपालिकाको कार्यपालिका हुम्लाको निर्वाचनका लागी बुधबार मनोनयन पत्र दर्ता गरिएको छ । उक्त मनोनयन दर्ता मुख्य निर्वाचन अधिकृतको कार्यालय सिमकोट हुम्लामा गरिएको हो । उक्त कार्यालय हुम्ला जिल्ला अदालतमा रहेको छ । मुख्य निर्वाचन अधिकृत जगतबहादुर पौडेलले प्रत्यक्ष निगरानीमा सो मनोनयन दर्ता गरिएको हो । मनोनयन दर्ता गर्ने समयाधी बुधवार विहान १० वजे देखि दिनको ३ वजे सम्म राखिएको थियो ।
सिमकोट गाउँ पालिकामा गठवन्धनबाट ६ जनाको मनोनयन दर्ता भएको छ भने नेकपा एमालेबाट ३ जनाको मनोनयन दर्ता गरिएको छ । जसमा गठवन्धनबाट महिला सदस्यमा काँङसो लामा, डाँफु भण्डारी, कल्पना लामा र गुयाला रावत रहेकी छन भने दलित सदस्यमा गोपाल कामी र टसि विक रहेको मुख्य निर्वाचन अधिकृत कार्यालयका सहायक निर्वाचन अधिकृत पुर्णबहादुर केसीले बताएका छन् । त्यसै गरी नेकपा एमालेबाट महिला सदस्यमा उर्गेन डोल्मा लामा र रुप्सी सुनार रहेका छन् भने दलित सदस्यमा हर्कधन कामी रहेका छन् । महिला, दलित र अल्प संख्यक सदस्य पदको निर्वाचन प्रयोजनका लागी उक्त मनोनयन दर्ता गरिएको हो ।
मनोनयन दर्ता भएका उम्मेदवारको सुचि प्रकासन गर्ने जेठ ११ गते वेलुका ५ वजे सम्म, उम्मेदवारका विरुद्ध उजुरी दिने जेठ १२ गते विहान १० वजे देखि दिनको १२ वजे सम्म, मनोपत्र जाँच गर्ने र उजुरी उपर निर्णय गर्ने जेठ १२ गते दिनको १ वजे देखि वेलुका ५ वजे सम्म, उम्मेदवारको नामवली प्रकासन गर्ने जेठ १२ गते वेलुका ५ वजे देखि ६ वजे सम्म, उम्मेदवारको नामवली फिर्ता लिने जेठ १३ गते विहान १० वजे देखि दिनको १२ वजे सम्म, उम्मेदवारको अन्तिम नामवली प्रकासन गर्ने जेठ १३ गते दिनको ५ वजे सम्म, उम्मेदवारलाई निर्वाचन चिन्न प्रर्दान गर्ने जेठ १४ गते विहान १० वजे देखि दिनको १२ वजे सम्म रहेको छ ।
सिमकोट गाउँ पालिकाको कार्यापालिकाको निर्वाचन जेठ १५ गते विहान १० वजे देखि दिनको २ वजे सम्म सम्बन्धित मतदान केन्द्रमा हुने मुख्य निर्वाचन अधिकृत जगतबहादुर पौडेलले बताएका छन् ।

सम्बन्धित

ताजा अपडेट
हुम्लाका छ दर्जन बढी योजनाको काम चिसोले प्रभावित
हेड नेपालको सहयोगमा ३४ औ अन्तराष्ट्रिय अपाङ्गता दिवस मनाइयो
मोतिया विन्दु सल्यक्रिया र हेपाटाइटिस बि सम्बन्धिको भ्याक्सिनेसन शिविर

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: [email protected]

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९