राज शाही सोमबार, जेठ ०९, २०७९ मा प्रकाशित

featured photo: Mansarowar Times

२५ लाखको योजनामा काम गरेको रुपैंया नपाएको भन्दै जिल्ला प्रशासन कार्यालय हुम्लामा डेलिकेसनमा महिलाको टिम पुगेको छ । सिमकोट गाउँ पालिका वडा नं ७ को चुकेडिका महिला खानेपानी लाइन विस्तारको काम गरेबापतको रकम नपाएको गुनासो सहित जिल्ला प्रशासन कार्यालयमा पुगेका हुन ।
हुम्ला जिल्लामा स्थापित लापा नामक गैर सरकारी संस्थाले सिमकोट गाउँ पालिका वडा नं ७ को दलित वस्तीमा घर घरमा धारा पुराउने आश्वासन सहित खानेपानीको कुलो निर्माण गर्न लगाइ प्रत्येक घर धुरिले करिव ८।१० दिन गरी १ महिना सम्म काम गरेको भए पनि न काम गरेको रुपैंया पाएको न त धारामा पानी नै आएको गुनासो गर्दै ति महिला जिल्ला प्रशासन कार्यालय हुम्लामा पुगेकी हुन ।
उक्त खानेपानीको लाइन विस्तारका लागी काम गरेको पैसा दामासाहीका हिसावले वितरण गरेको र आफुहरुले पाउनु पर्ने पुरा ज्याला नपाएको ति महिलाले गुनासो गरेकी छन् । सो आयोजनाबाट १२ वटा धारा निर्माण गर्ने भनिए पनि ५ वटा धारामात्रै निर्माण गरिए पनि उक्त धारामा पानी नआएको ति महिलाले गुनासो गरेकी छन ।
उक्त खानेपानी निर्माण उपभोक्त समितिका अध्यक्ष लगाएत त्यसमा सरोकार राख्ने निकाया कार्यालयलाई सो आयोजनाका बारेमा सत्य तथ्य विवरण माग गरी रकम हिनामिना गर्नेलाई कानूनी कार्वाही गरि दिन समेत जिल्ला प्रशासन कार्यालय हुम्लालाई माग गरेकी छन् ।

सम्बन्धित

ताजा अपडेट
अनुमति लिएर राखिएका हातहतियार बुझाउन अपिल
लोकतन्त्रको सुन्दर पक्ष निर्वाचन भएको , काँग्रेस उम्मेदवार रोकाया
प्रतिनिधिसभा निर्वाचनका लागि हुम्ला जिल्लाबाट ८ वटा दलले मनोनयन दर्ता

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: [email protected]

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९