राज शाही मंगलबार, बैशाख २७, २०७९ मा प्रकाशित

हुम्ला
हिमाली जिल्ला हुम्लामा सुत्केरी भएकी एक जना महिलाको उद्धार गरिएको छ । उद्धार गरिएकी महिलामा सर्केगाड गाउँपालिका वडा नं ४ निवासी वर्ष २४ की चन्दा थापा साउद रहेकी छन् ।
उद्धार नेपाली सेनाको हेलिकप्टरले बैशाख २६ गते दिनको बाह्र वजेर चालिस मिनेटमा उद्धार गरिएको ब्रराह दल गुल्म रानीवन व्यारेक सिमकोट हुम्लाका गुल्मपति गणेश खड्काले बताएका छन् । सुत्केरी महिलाको घाँटीभित्र पिलो आएर थुक निल्न र श्वास फेर्न नसक्ने भएपछि सुत्केरी भएको तीन दिन पछि महिलाको नेपाली सेनाको हेलिकोप्टरबाट उद्धार गरिएको हो ।
गर्भवती भएकै बेला साउदको घाँटीमा पिलो आएको र सुत्केरी भई सकेपछि थुक निल्न र श्वास प्रस्वासमा समेत समस्या आएपछि हेलिकोप्टरबाट प्रदेश अस्पताल सुर्खेतमा उद्धार गरिएको हो । उनी बोल्न सक्ने अवस्थामा समेत नरहेको जानकारी प्राप्त भएको छ । घाँटी भित्र आएको पिलोको उपचार उपकरण तथा अक्सिजनको कारण जिल्लामा गर्न नसकिने भएपछि चिकित्सकहरुको सुझावमा जिल्ला बाहिर पठाइएको हो । महिलाको सुत्केरी भएको सात दिनसम्म जुन सुकै रोगले पीडित भए पनि हेलिकोप्टरबाट उद्धार गर्न सकिने भएको कारण पिलोले थलिएकी सुत्केरी थापाको उद्धार गरिएको हो । आमासँगै नबजात शिशु पनि लगिएको छ ।
सम्बन्धित गाउँपालिका, स्वास्थ्य सेवा कार्यालय र स्थानीय प्रशासनको समन्वयमा उनको राष्ट्रपति महिला उत्थान कार्यक्रमबाट नेपाली सेनाको हेलिकोप्टरमा उद्धारका लागि लाग्ने खर्च ब्यहोर्ने गरि उद्धार गरिएको हो ।
यस वर्षको यो सुत्केरी महिलाको पहिलो उद्धार हो । यस्ता गर्भवती एवम् सुत्केरी महिलाको बर्सेनि रुपमा उद्धार हुदै आएको छ ।

सम्बन्धित

ताजा अपडेट
लैङ्गिक हिंसा, जातीय संवेदनशीलता तथा सामाजिक सद्भावसम्बन्धि कार्याशाला गाेष्ठी
विद्यालयमा दिवा खाजा कार्यक्रममा प्राकृतिक खेतीका उत्पादन जोड्न समन्वय
विषादी रहित स्थानीय उत्पादन विद्यालयको दिवा खाजामा प्रयोग

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: [email protected]

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९