राज शाही सोमबार, बैशाख २६, २०७९ मा प्रकाशित

आगामी बैशाख ३० गते हुन लागेको स्थानीय तहको चुनावमा निर्वाचन आयोगले हुम्ला जिल्ला भरका ७ वटा गाउँ पालिका मतगणना स्थलमा सीसी क्यामेरा जडान गर्ने भएको छ । सोमबार मात्रै मुख्य निर्वाचन अधिकृतको कार्यालय सिमकोट हुम्लामा ८ वटा सिसि क्यामरा जडान गरिएको छ । जसमा ६ वटा मतगणना स्थल र २ वटा मुख्य ढोकामा जडान गरिएको मुख्य निर्वाचन अधिकृत जगतबहादुर पौडेलले बताएका छन् ।
सम्भावित घटनालाई मध्यनजर गर्दै आयोगले सीसी क्यामरा जडान गर्ने निर्णय गरेको बमोजिम हुम्ला जिल्लाको मुख्य निर्वाचन अधिकृतको कार्यालयमा जडान गरिएको पौडेलले बताएका हुन । सीसी क्यामेरा जडानका लागि सबै स्थानीय तहसँग समन्वय भई निर्वाचन अधिकृतको कार्यालयले मतगणना स्थलमा जडान गर्ने जानकारी प्राप्त भएको छ ।
सम्भावित घटनाको मध्यनजर गर्दै सबै मतगणना स्थलमा सीसी क्यामेरा जडान गरिने छन् । त्यसका लागि सबै स्थानी तहहरुसँग समन्वय गर्ने काम भइरहेको पौडेलले रेडियो कैलासलाई बताएका छन् ।

सम्बन्धित

ताजा अपडेट
लैङ्गिक हिंसा, जातीय संवेदनशीलता तथा सामाजिक सद्भावसम्बन्धि कार्याशाला गाेष्ठी
विद्यालयमा दिवा खाजा कार्यक्रममा प्राकृतिक खेतीका उत्पादन जोड्न समन्वय
विषादी रहित स्थानीय उत्पादन विद्यालयको दिवा खाजामा प्रयोग

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: [email protected]

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९