शान्ती सिंह शनिबार, बैशाख २४, २०७९ मा प्रकाशित

featured photo: Mansarowar Times

हुम्लाको खार्पुनाथ गाउँपालिकामा सत्ता गठबन्धनका उम्मेदवारहरुले घरघरमा गएर मतादाता शिक्षा दिन थालेका छन् । निर्वाचनमा नयाँ मतादाता तथा ज्येष्ठ नागरिकले आफुले चाहेको निर्वाचन चिह्नमा कसरी मतदान गर्दा बदर हुँदैन भनेर सिकाउन जनताकै घरदैलोमा पुगेको खार्पुनाथ गाउँ पालिका वडा नं ५ नेपाली काँग्रेसका वडा इकाइ सभापति भक्तबहादुर शाहीले बताएका छन् । उनले मतदाता शिक्षालाई अझै प्रभावकारी बनाएर मत बदर हुनबाट जोगिनको लागि मतदाताको घरदैलोमा पुगरे मतदाता शिक्षा प्रदान गरेको शाहीले बताएका छन् ।
खार्पुनाथ गाउँपालिका वडा ५ लाई भष्ट्रचार मुक्त बनाउने अभियानमा हिँडेको बताउँदै गठबन्धनका उम्मेदवारलाई मतदान गर्न खार्पुनाथ गाउँपालिका वडा नं ५ का वडा अध्यक्षका उम्मेदवार भरतजंग शाही आग्रह गरेका छन् । खार्पुनाथ ५ मा गरिएको घरदैलोको क्रममा आफ्ना प्रतिबद्धताहरु स्थानीयलाई सुनाउँदै सोही गाउँ पालिका वडा नं ५ का वडा अध्यक्ष भरतजंग शाहीले समग्र खार्पुनाथ विकासको लागि आफूलाई मतदान गर्न आग्रह गरेका छन ।
घरदैलोमा खार्पुनाथ गाउँ पालिका अध्यक्ष कर्णबहादुर रावल र उपाध्यक्ष ज्ञानबहादुर सिंह भरतले गठबन्धनमा सहि तरिकाले मतदान गर्न आग्रह गर्दै अध्यक्षमा रुख र उपाध्यक्षमामा हसिया हतौडामा मतदान गर्न आग्रह गरेको नेपाली काँग्रेस खार्पुनाथ गाउँ पालिका अध्यक्ष टक्कबहादुर शाहीले बताएका छन् ।
मतादाता शिक्षाको बारेमा पहिले थाहा नपाएपनि गठबन्धनका उम्मेदवारले सहि तरिकाले मतदान गर्न सिकाएको प्रति स्थानीयले खुशी व्यक्त गरेका छन् । गठबन्धनका उम्मेदवारको कारणले आफूले मतदान गर्ने तरिका थाहा पाएको बताउँदै यो पटक गठबन्धनका उम्मेदवारलाई नै मतदान गर्ने खार्पुनाथ ५ का गोर्ख रोकायाले बताएका छन् । उनले भने अहिलेसम्म भोट माग्न धेरै आए, तर कसैले पनि मतदान गर्ने तरिकाको बारेमा सिकाएनन्, यदि गठबन्धनका उम्मेदवारले नसिकाएको भए मेरै मत पनि बदर हुने रहेछ उनले भने ।

खार्पुनाथ गाउँ पालिका वडा नं ५ लाई सुन्दर र शान्त सँगै भ्रष्टाचारमुक्त बनाउने अभियानमा लागिरहेको खार्पुनाथ गाउँ पालिका वडा नं ५ का वडा अध्यक्षका उम्मेदवार भरतजंग शाहीले बताएका छन् ।

सम्बन्धित

ताजा अपडेट
अनुमति लिएर राखिएका हातहतियार बुझाउन अपिल
लोकतन्त्रको सुन्दर पक्ष निर्वाचन भएको , काँग्रेस उम्मेदवार रोकाया
प्रतिनिधिसभा निर्वाचनका लागि हुम्ला जिल्लाबाट ८ वटा दलले मनोनयन दर्ता

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: [email protected]

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९