शान्तिकुमारी सिंह शुक्रबार, बैशाख २३, २०७९ मा प्रकाशित

नेपाली कांग्रेसले स्थानीय तहका उम्मेदवारलाई असहयोग गर्नेलाई तत्कालै निलम्बन गर्ने भएको छ। पार्टीका आधिकारिक उम्मेदवार तथा गठबन्धन भएका क्षेत्रमा गठबन्धनका उम्मेदवारबाहेक अन्य पार्टीका उम्मेदवारलाई सहयोग गर्ने वा प्रचारप्रसार गरेको पाइएमा पनि सदस्यता निलम्बन गर्ने कांग्रेस केन्द्रीय कार्य समिति सम्पादन समितिका सदस्य एव कर्णाली प्रदेश मुख्य मन्त्री जिवनबहादुर शाहीले बताएका छन् ।
नेपाली काँग्रेस पार्टीका कार्य सम्पादन समिति सदस्य शाहीले सुक्रबार हुम्लामा पत्रकार भेटघाटमा पार्टीका उम्मेदवार र पार्टीले तालमेल गरेका उम्मेदवारलाई सहयोग गर्न आग्रह गरेका छन् । तर उम्मेदवारविरूद्ध असहयोग गरेमा कारबाही गरिने चेतावनी कांग्रेसको छ।
पार्टी विधानको धारा ३४ (४) (ख) र (ग) बमोजिम पार्टीका आधिकारिक उम्मेदवार तथा पार्टीले समर्थन गरेका उम्मेदवारका विरुद्ध असहयोग गर्ने, अन्य पार्टीका उम्मेदवारको पक्षमा प्रचार प्रसार गर्ने, पार्टीका उम्मेदवार र पार्टी हितविपरित कार्य गर्ने पार्टी सदस्यलाई स्थानीय तहको पार्टीको उम्मेदवारको रायसमेत लिई जिल्ला अनुशासन समितिले निर्वाचन अवधीभर तत्काल सदस्यताबाट निलम्वन गर्न सक्ने कार्यसम्पादन समितिका सदस्य जिवनबहादुर शाहीले बताएका छन ।
पार्टीका आधिकारिक उम्मेदवार र पार्टीले समर्थन गरेका उम्मेदवारका पक्षमा सक्रिय भई क्रियाशील रहन कांग्रेसले सबैलाई आग्रह गरेको छ। यस्तै बागी, प्रस्तावक र समर्थकको विवरण केन्द्रमा पठाउन निर्देशन पनि कांग्रेसले दिएको छ । पार्टीका आधिकारिक उम्मेदवारका विरूद्ध बागी उम्मेदवारी दिने, ती उम्मेदवारका प्रस्तावक बस्ने र समर्थक बसेकालाई पाँच वर्ष पार्टीबाट हटाइएको पनि कांग्रेसले बताएको छ।

सम्बन्धित

ताजा अपडेट
मेडिकल जीवनमा मिनेट भन्दा पनि सेकेन्डको महत्व धेरै हुनेः पुर्व मुख्य मन्त्री शाही
नेपाली काँग्रेस प्रदेश सभा क्षेत्र क र ख को अधिवेसन सम्पन्न
माध्यामिक विद्यालय शिक्षक युनियन जिल्ला कार्यसमिति गठन

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: rajanhahi@gmail.com

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९