राज शाही बिहिबार, बैशाख २२, २०७९ मा प्रकाशित

स्थानिय तहको निर्वाचन हुन अव ८ दिन बाँकी रहँदा मतदानमा खटिने कर्मचारी मतदान स्थलतर्फ प्रस्तान गर्न थालेका छन् । विहिवार मात्रै हुम्ला जिल्लाका ६ वटा मतदान अधिकृतहरुले मतपत्र बुझि लिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयका सहायक मुख्य निर्वाचन अधिकृत पुर्णबहादुर केसीले बताएका छन् ।
मतपत्र बुझि लिनेमा ताँजाकोट गाउँ पालिका कैलास आधारभुत विद्यालय मतदान केन्द्र, अदानचुली गाउँ पालिकाको क्षेत्रपाल मतदान केन्द्र, नाम्खा गाउँ पालिका खासरपानी मतदान केन्द्र,चंखेली गाउँ पालिकाको रारा आधारभुत विद्यालय मतदान केन्द्र,सर्केगाड गाउँ पालिका भवानी आधारभुत विद्यालय मतदान केन्द्र र चंखेली गाउँ पालिका डाँफे आधारभुत विद्यालय नेप्का मतदान केन्द्रका अधिकृतहरुले मतपत्र वुझि लिएको मुख्य निर्वाचन अधिकृत जगतबहादुर पौडेलले बताउनु भएको छ ।
बैशाख ३० गते हुने स्थानिय तह निर्वाचनमा खटिने सिमकोट गाउँपालिका र खार्पुनाथ गाउँपालिकाका केही मतदान केन्द्र खटिने कर्मचारी बाहेक अन्य गाउँपालिकामा खटिने कर्मचारीले नियुक्ती पत्र बुझी र केहीले मतपत्र पनि वुझि सकेका छन् । त्यसै गरी ५ सय भन्दा कम मतदाता भएको केन्द्रमा ४ जना र ५ सय भन्दा वढी मतदाता भएको मतदान केन्द्रमा ५ जना कर्मचारी खटिने छन् । मतदान अधिकृत, सहायक मतदान अधिकृत र कार्यालय सहयोगीले मुख्य निर्वाचन अधिकृतको कार्यालयबाट नियुक्ती बुझेका छन भने सहायक कर्मचारीले सम्वन्धित गाउँ पालिकाको निर्वाचन अधिकृतको कार्यालयबाट नियुक्त बुझ्ने मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

सम्बन्धित

ताजा अपडेट
मेडिकल जीवनमा मिनेट भन्दा पनि सेकेन्डको महत्व धेरै हुनेः पुर्व मुख्य मन्त्री शाही
नेपाली काँग्रेस प्रदेश सभा क्षेत्र क र ख को अधिवेसन सम्पन्न
माध्यामिक विद्यालय शिक्षक युनियन जिल्ला कार्यसमिति गठन

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: rajanhahi@gmail.com

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९