राज शाही बिहिबार, बैशाख २२, २०७९ मा प्रकाशित

featured photo: Mansarowar Times

स्थानिय तहको निर्वाचन हुन अव ८ दिन बाँकी रहँदा मतदानमा खटिने कर्मचारी मतदान स्थलतर्फ प्रस्तान गर्न थालेका छन् । विहिवार मात्रै हुम्ला जिल्लाका ६ वटा मतदान अधिकृतहरुले मतपत्र बुझि लिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयका सहायक मुख्य निर्वाचन अधिकृत पुर्णबहादुर केसीले बताएका छन् ।
मतपत्र बुझि लिनेमा ताँजाकोट गाउँ पालिका कैलास आधारभुत विद्यालय मतदान केन्द्र, अदानचुली गाउँ पालिकाको क्षेत्रपाल मतदान केन्द्र, नाम्खा गाउँ पालिका खासरपानी मतदान केन्द्र,चंखेली गाउँ पालिकाको रारा आधारभुत विद्यालय मतदान केन्द्र,सर्केगाड गाउँ पालिका भवानी आधारभुत विद्यालय मतदान केन्द्र र चंखेली गाउँ पालिका डाँफे आधारभुत विद्यालय नेप्का मतदान केन्द्रका अधिकृतहरुले मतपत्र वुझि लिएको मुख्य निर्वाचन अधिकृत जगतबहादुर पौडेलले बताउनु भएको छ ।
बैशाख ३० गते हुने स्थानिय तह निर्वाचनमा खटिने सिमकोट गाउँपालिका र खार्पुनाथ गाउँपालिकाका केही मतदान केन्द्र खटिने कर्मचारी बाहेक अन्य गाउँपालिकामा खटिने कर्मचारीले नियुक्ती पत्र बुझी र केहीले मतपत्र पनि वुझि सकेका छन् । त्यसै गरी ५ सय भन्दा कम मतदाता भएको केन्द्रमा ४ जना र ५ सय भन्दा वढी मतदाता भएको मतदान केन्द्रमा ५ जना कर्मचारी खटिने छन् । मतदान अधिकृत, सहायक मतदान अधिकृत र कार्यालय सहयोगीले मुख्य निर्वाचन अधिकृतको कार्यालयबाट नियुक्ती बुझेका छन भने सहायक कर्मचारीले सम्वन्धित गाउँ पालिकाको निर्वाचन अधिकृतको कार्यालयबाट नियुक्त बुझ्ने मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

सम्बन्धित

ताजा अपडेट
जिल्ला स्वास्थ्य सेवा कार्यालय हुम्लाले इन्फ्लुएन्जा (फ्लु) बाट बच्न आग्रह
घरपालुवा पशुलाइ जंगली जनावर भालुले क्षेती पुर्याय क्षेतीपुर्ती पाउने
२२ औं महिला स्वास्थ्य स्वयंसेविका दिवस  विभिन्न कार्यक्रम गरि मनाइयो

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: [email protected]

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९