राज शाही शनिबार, बैशाख १७, २०७९ मा प्रकाशित

आगामी बैशाख ३० गते हुने स्थानिय तह निर्वाचनमा भाग लिने राजनैतिक दल र स्वतन्त्र उम्मेदवारहरुलाई चुनाव चिन्न प्रर्दान गरिएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालय र निर्वाचन अधिकृतको कार्यालय हुम्लाले शनिवार चुनाव चिन्न प्रर्दान गरेका हुन । हुम्लाका ७ वटै गाउँ पालिकामा आज चुनाव चिन्न प्रर्दान गरीएको मुख्य निर्वाचन अधिकृत जगतबहादुर पौडेलले बताउनु भएको छ ।
बैशाख ८ गते देखि आज वैशाख १७ गते सम्म मुख्य निर्वाचन अधिकृतको कार्यालयले बैशाख ११ र १२ गते मनोनयन दर्ता बैशाख १३ गते उम्मेदवार विरोधमा उजुरी दिने, बैशाख १४ गते मनोनयन पत्र जाँच गर्ने र उजुरी उपर जाँचबुझ गरी निर्णय गर्ने, बैशाख १५ गते मनोनयन भएको उम्मेदवारको नामवली प्रकासन गर्ने, बैशाख १६ गते उम्मेदवारको नाम फिर्ता लिने र बैशाख १७ गते उम्मेदवारलाई निर्वाचन चिन्न प्रर्दान गर्ने काम गरेको बताउदै मुख्य निर्वाचन अधिकृत जगतबहादुर पौडेल।।।मुख्य निर्वाचन अधिकृतको कार्यालय हुम्लाले बैशाख १७ गते आज नेकपा एमालेका ३१ जना, नेपाली काँग्रेसका २३ जना, माओवादी केन्द्रका २३ जना, नेकपा एकिकृत समाजवादीका ५ जना, राप्रपाका १, स्वतन्त्र १५ जनालाई सिमकोट गाउँ पालिकामा चुनाव चिन्न प्रर्दान गरीएको छ ।
त्यसै गरी मतदान स्थलमा खटिने कर्मचारीको नामवली मुख्य निर्वाचन अधिकृतको कार्यालयमा प्रकासित गरिएको सहायक मुख्य निर्वाचन अधिकृत पुर्णबहादुर केसीले बताएका छन् । मतदानमा खटिने कर्मचारी सबैले आ आफ्नो खाता नंम्वर मुख्य निर्वाचन अधिकृत कार्यालयमा उपलब्ध गराइ दिन लेखापाल सत्यादेवी पोखरेलले बताएकी छन् ।
मतदान स्थलमा खटिने कर्मचारीको अन्तिम नामवली प्रकासित गरी बैशाख २० र २१ गते २ दिन मतदान अधिकृत र सहायक मतदान अधिकृतलाई तालिम गराइ मतदान स्थलमा खटाइने भएको सहायक मुख्य निर्वाचन अधिकृत पुर्णबहादुर केसीले बताएका छन् ।

सम्बन्धित

ताजा अपडेट
लैङ्गिक हिंसा, जातीय संवेदनशीलता तथा सामाजिक सद्भावसम्बन्धि कार्याशाला गाेष्ठी
विद्यालयमा दिवा खाजा कार्यक्रममा प्राकृतिक खेतीका उत्पादन जोड्न समन्वय
विषादी रहित स्थानीय उत्पादन विद्यालयको दिवा खाजामा प्रयोग

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: [email protected]

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९