राज शाही शनिबार, बैशाख १७, २०७९ मा प्रकाशित

हुम्ला जिल्लाका ४ जना वडा अध्यक्ष सहित ५ सदस्यहरु निर्विरोध निर्वाचित घोषणा गरिएको छ । निर्वाचित हुनेमा खार्पुनाथ गाउँ पालिका वडा नं ४ वडा अध्यक्ष रंगमती शाही, दलित महिला सदस्य दन्तकली सुनार, सिमकोट गाउँ पालिका वडा नं १ का वडा अध्यक्ष गोर्ख लामा, दलित महिला सदस्य नानीकोइला कामी सोही गाउँ पालिका वडा नं ४ वडा अध्यक्ष प्रताप लामा र नाम्खा गाउँ पालिका वडा नं ६ का वडा अध्यक्ष पाल्जोर तामाङ सहित ४ जना सदस्य निर्विरोध निर्वाचित भएको मुख्य निर्वाचन अधिकृत जगतबहादुर पौडेलले बताएका छन् ।
सदरमुकाम सिमकोटमा निर्विरोध निर्वाचित हुने २ जना वडा अध्यक्ष गोर्ख लामा र प्रताप लामा दलित सदस्य नानी कोइला कामीलाई मुख्य निर्वाचन अधिकृत जगतबहादुर पौडेलले निर्विरोध निर्वाचित भएको घोषणा गर्नु भएको छ ।
त्यसै गरी खार्पुनाथ गाउँ पालिका वडा नं ४ वडा अध्यक्ष रंगमती शाही र दलित महिला सदस्यलाई खार्पुनाथ निर्वाचन अधिकृत कमल आचार्यले निर्विरोध निर्वाचित भएको घोषण गरेको खवर प्राप्त भएको छ ।
नाम्खा गाउँ पालिका वडा नं ६ का वडा अध्यक्ष पाल्जोर तामाङ सहित अन्य ४ जना सदस्यलाई पनि नाम्खा गाउँ पालिका निर्वाचन अधिकृत श्यामहरि अधिकारीले निर्विरोध निर्वाचित भएको घोषणा गरेको खवर प्राप्त भएको छ । निर्विरोध निर्वाचित हुने ३ जना वडा अध्यक्ष नेपाली काँग्रेसबाट मनोनयन दर्ता गरेका हुन भन्ने नाम्खा गाउँ पालिका वडा अध्यक्ष पाल्जोर तामङ सहित अन्य ४ जना सदस्यले स्वतन्त्रबाट मनोनयन दर्ता गराएका थिए ।
निर्विरोध निर्वाचित वडा अध्यक्ष मध्य सिमकोट ४ र खार्पुनाथ ४ का उम्मेदवारका प्रतिद्धन्दीले आफ्नो उम्मेदवारी फिर्ता लिएका हुन भने सिमकोट– १ र नाम्खा –६ मा भने एकल उम्मेदवारी परेको थियो ।
त्यसैगरि नाम्खा –६ लिमीबाट पनि तीन जना सदस्यहरु छिरिङ तुण्डुप तामाङ, कुन्ज्योकबुटी लामा र तण्डुप तामाङ पनि निर्बिरोध निर्वाचितभएको निर्वाचनअधिकृतको कार्यालय याल्वाङले जनाएको छ ।

सम्बन्धित

ताजा अपडेट
लैङ्गिक हिंसा, जातीय संवेदनशीलता तथा सामाजिक सद्भावसम्बन्धि कार्याशाला गाेष्ठी
विद्यालयमा दिवा खाजा कार्यक्रममा प्राकृतिक खेतीका उत्पादन जोड्न समन्वय
विषादी रहित स्थानीय उत्पादन विद्यालयको दिवा खाजामा प्रयोग

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: [email protected]

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९