राज शाही शनिबार, बैशाख १७, २०७९ मा प्रकाशित

featured photo: Mansarowar Times

हुम्ला जिल्लाका ४ जना वडा अध्यक्ष सहित ५ सदस्यहरु निर्विरोध निर्वाचित घोषणा गरिएको छ । निर्वाचित हुनेमा खार्पुनाथ गाउँ पालिका वडा नं ४ वडा अध्यक्ष रंगमती शाही, दलित महिला सदस्य दन्तकली सुनार, सिमकोट गाउँ पालिका वडा नं १ का वडा अध्यक्ष गोर्ख लामा, दलित महिला सदस्य नानीकोइला कामी सोही गाउँ पालिका वडा नं ४ वडा अध्यक्ष प्रताप लामा र नाम्खा गाउँ पालिका वडा नं ६ का वडा अध्यक्ष पाल्जोर तामाङ सहित ४ जना सदस्य निर्विरोध निर्वाचित भएको मुख्य निर्वाचन अधिकृत जगतबहादुर पौडेलले बताएका छन् ।
सदरमुकाम सिमकोटमा निर्विरोध निर्वाचित हुने २ जना वडा अध्यक्ष गोर्ख लामा र प्रताप लामा दलित सदस्य नानी कोइला कामीलाई मुख्य निर्वाचन अधिकृत जगतबहादुर पौडेलले निर्विरोध निर्वाचित भएको घोषणा गर्नु भएको छ ।
त्यसै गरी खार्पुनाथ गाउँ पालिका वडा नं ४ वडा अध्यक्ष रंगमती शाही र दलित महिला सदस्यलाई खार्पुनाथ निर्वाचन अधिकृत कमल आचार्यले निर्विरोध निर्वाचित भएको घोषण गरेको खवर प्राप्त भएको छ ।
नाम्खा गाउँ पालिका वडा नं ६ का वडा अध्यक्ष पाल्जोर तामाङ सहित अन्य ४ जना सदस्यलाई पनि नाम्खा गाउँ पालिका निर्वाचन अधिकृत श्यामहरि अधिकारीले निर्विरोध निर्वाचित भएको घोषणा गरेको खवर प्राप्त भएको छ । निर्विरोध निर्वाचित हुने ३ जना वडा अध्यक्ष नेपाली काँग्रेसबाट मनोनयन दर्ता गरेका हुन भन्ने नाम्खा गाउँ पालिका वडा अध्यक्ष पाल्जोर तामङ सहित अन्य ४ जना सदस्यले स्वतन्त्रबाट मनोनयन दर्ता गराएका थिए ।
निर्विरोध निर्वाचित वडा अध्यक्ष मध्य सिमकोट ४ र खार्पुनाथ ४ का उम्मेदवारका प्रतिद्धन्दीले आफ्नो उम्मेदवारी फिर्ता लिएका हुन भने सिमकोट– १ र नाम्खा –६ मा भने एकल उम्मेदवारी परेको थियो ।
त्यसैगरि नाम्खा –६ लिमीबाट पनि तीन जना सदस्यहरु छिरिङ तुण्डुप तामाङ, कुन्ज्योकबुटी लामा र तण्डुप तामाङ पनि निर्बिरोध निर्वाचितभएको निर्वाचनअधिकृतको कार्यालय याल्वाङले जनाएको छ ।

सम्बन्धित

ताजा अपडेट
हुम्लाका छ दर्जन बढी योजनाको काम चिसोले प्रभावित
हेड नेपालको सहयोगमा ३४ औ अन्तराष्ट्रिय अपाङ्गता दिवस मनाइयो
मोतिया विन्दु सल्यक्रिया र हेपाटाइटिस बि सम्बन्धिको भ्याक्सिनेसन शिविर

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: [email protected]

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९