राज शाही शुक्रबार, बैशाख १६, २०७९ मा प्रकाशित

featured photo: Mansarowar Times

नेपाली सेनाको हेलिकप्टरमा ३८ हजार मतपत्र हुम्ला जिल्लाको सदरमुकाम सिमकोट आइ पुगेको छन । विहिवार दिनको एघार पैतालि वजे उक्त मतपत्र सिमकोट आइपुगेका हुन । मपत पत्रलाई कडा सुरक्षाका साथ मुख्य निर्वाचन अधिकृतको कार्यालयमा राखिएको छ । यही वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागी आवश्यक पर्ने मतपत्र लगायत मतदाता परिचय पत्र बिहिबार जिल्लामा आइपुगेका हुन ।
दुई दिन लगाएर नेपालगञ्जबाट ३८ हजार मतपत्र लगायत ५८ प्रकारका मतदान केन्द्रमा आवश्यक पर्ने निर्वाचन सामाग्री जिल्लामा पुगेको जिल्ला निर्वाचन अधिकारी मुक्ति नन्द रावलले बताएका छन् ।
३८ हजार मतपत्र बिहिबार जिल्लामा हेलीकप्टरमार्फत पुगेका हुन भने, बुधबार मतपेटीका लगायतका निर्वाचन सामाग्री पुगेको हो । ८५ लिटरका १ सय २८ मतपेटीका समेत जिल्लामा पुगेको निर्वाचन कार्यालय हुम्लाले जानकारी दिएको छ ।
अव ति मतपत्र रुजु गरी मतदान केन्द्रमा मतदाताको संख्या हेरी प्याकीङ गरी मतदान अधिकृतको जिम्मा लगाइ अवको केही दिनमा मदतान केन्द्रमा पठाइने मुख्य निर्वाचन अधिकृत जगतबहादुर पौडेलले बताएका छन् ।
५४ मतदान केन्द्रका लागि उक्त सामाग्री जिल्ला पुगेको हो । जिल्लाको सातवटै गाउँपालिकाको मतदाता संख्या ३२ हजार ५ सय ८१ रहेको छ । महिला १५ हजार ६ सय ७ र पुरुष १६ हजार ९ सय ७४ रहेको छ ।

सम्बन्धित

ताजा अपडेट
हुम्लाका छ दर्जन बढी योजनाको काम चिसोले प्रभावित
हेड नेपालको सहयोगमा ३४ औ अन्तराष्ट्रिय अपाङ्गता दिवस मनाइयो
मोतिया विन्दु सल्यक्रिया र हेपाटाइटिस बि सम्बन्धिको भ्याक्सिनेसन शिविर

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: [email protected]

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९