राज शाही बुधबार, बैशाख १४, २०७९ मा प्रकाशित

आचार संहिता कार्यान्वयन सम्बन्धमा मुख्य निर्वाचन अधिकृतको कार्यालयले जिल्लाका राजनितिक दललाई पत्रचार गरेको छ । हुम्लामा निर्वाचन आचार संहिता उल्घन भएको उजुरी निर्वाचन आयोगमा परेपछि मुख्य निर्वाचन अधिकृतको कार्यालयले हुम्लामा स्थापित राजनैतिक दललाई स्थानिय तह सदस्य निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष र भय रहित बातावरणमा सम्पन्न गर्न निर्वाचन आचार संहिता २०७८ मिति २०७८ चैत २५ गते देखि लागु भएको जानकारी गराउदै जिल्लामा उक्त आचार संहिताको पुर्णरुपमा पालना गर्न पत्रचार गरेको हो ।

मनोनयन दर्ता गर्ने क्रममा हुम्ला जिल्लामा स्थापित राजनैतिक दल तथा उम्मेदवारहरुले निर्वाचन आचार संहिताले निषेध गरेको आधार र संख्यामा तुल,व्यानर र फल्याक्स, झण्डा, लोगो, चिन्ह लगाएतका प्रयोग गरिएको र बालबालिकाहरुको समेत अनाधिकृत प्रयोग भएको भन्ने सुचना विभिन्न संचार माध्य तथा सामाजिक संजालबाट जानकारी हुन आएकोले त्यस्ता दलहरुलाई चौविस घण्टाको समय दिई स्पस्टिकरण सोध्नु भनी निर्वाचन आयोगबाट लेखि आएको हँदा मुख्य निर्वाचन अधिकृत कार्यालय हुम्लाको ध्यान आकर्षण भएको बताइएको छ ।
यस सम्बन्धमा जिल्लामा क्रियासिल राजनितीक दलहरुले आफ्नो चुनावी कार्यक्रममा निर्वाचन आचार संहिताले निषेध गरेको आधार र संख्यामा तुल,व्यानर र फल्याक्स,झण्डा, लोगो, चिन्ह तथा बालबालिकाहरु प्रयोग लगायत आचार संहिता विपरित कुनै पनि चुनावी प्रचार प्रसार तथा अन्य कार्यक्रम नगर्न नगराउन जानकारी गराउदै आचार संहिता विपरित कुनै पनि चुनावी प्रचार प्रसार आमसभा र्याली तथा अन्य चुनावी कार्यक्रम गरेको पाइएमा निर्वाचन सम्बन्धी कानून तथा निर्वाचन आचार संहिता २०७८ बमोजिम हुने समेत मुख्य निर्वाचन अधिकृत जगतबहादुर पौडेलले बताएका छन् ।

सम्बन्धित

ताजा अपडेट
लैङ्गिक हिंसा, जातीय संवेदनशीलता तथा सामाजिक सद्भावसम्बन्धि कार्याशाला गाेष्ठी
विद्यालयमा दिवा खाजा कार्यक्रममा प्राकृतिक खेतीका उत्पादन जोड्न समन्वय
विषादी रहित स्थानीय उत्पादन विद्यालयको दिवा खाजामा प्रयोग

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: [email protected]

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९