राज शाही मंगलबार, बैशाख १३, २०७९ मा प्रकाशित

मुख्य निर्वाचन अधिकृतको कार्यालय हुम्लाले पत्रकार संम्मेलन गरेको छ । बैशाख ११ र १२ गते हुम्ला जिल्लाको १ वटा मुख्य निर्वाचन अधिकृतको कार्यालय र ६ वटा निर्वाचन अधिकृतको कार्यालयमा मनोनयन दर्ता गराउनेको बारेमा जानकारी गराइएको थियो । सोही संमेलनमा आचार संहिता २०७८ को सबैले अक्षराङस पालना गर्नु पर्नेमा जोड गरिएको थियो ।
हुम्ला जिल्लाका ७ वटा गाउँ पालिका मध्य सिमकोट गाउँ पालिकामा अध्यक्ष पदका लागी ५, उपाध्यक्ष पदका लागी ५, वडा अध्यक्ष पदका लागी ३०, महिला सदस्यका लागी २२, दलित महिला सदस्यका लागी १९, खुल्ला सदस्यका लागी ४६ गरी जम्मा १ सय २७ जनाले मनोनयन दर्ता गराएको जानकारीका साथ आचर संहिताका बारेमा मुख्य निर्वाचन अधिकृत जगतबहादुर पौडेल सर्केगाड गाउँ पालिकामा अध्यक्ष पदको लागी ६, उपाध्यक्ष पदको लागी ७, वडा अध्यक्ष पदको लागी ६०, महिला सदस्यको लागी ३७, दलित महिला सदस्यको लागी २६, खुल्ला सदस्यको लागी २ सय २५ जनाले मनोनयन दर्ता गराएको र नाम्खा गाउँ पालिकामा अध्यक्षको लागी ४, उपाध्यक्षको लागी ७, वडा अध्यक्षको लागी ३७, दलित महिला सदस्यको लागी ०, खुल्ला सदस्यको लागी ३२ गरी जम्मा ८३ जनाले आफ्नो मनोनयन दर्ता गराएको वताएका थिए।
ताँजाकोट गाउँ पालिकामा अध्यक्षको लागी ८, उपाध्यक्षको ८, वडा अध्यक्षको लागी ३१, महिला सदस्यको लागी २३, दलित महिला सदस्यको लागी १०, खुल्ला सदस्यको लागी ३३, गरी जम्मा १ सय १३ जनाले मनोनयन दर्ता गराएका छन् । चैखेली गाउँ पालिकामा अध्यक्षको लागी ५, उपाध्यक्षको लागी ४, वडा अध्यक्षको लागी ४१, महिला सदस्यको लागी ३४, दलित महिला सदस्यको लागी २०, खुल्ला सदस्यको लागी ७२ गरी जम्मा १ सय ७६ जनाले मनोनयन दर्ता गराएका छन् । खार्पुनाथ गाउँ पालिकामा अध्यक्षको लागी ४, उपाध्यक्षको लागी ९, वडा अध्यक्षको लागी २२, महिला सदस्यको लागी १७, दलित महिला सदस्यको लागी १५, सदस्यको लागी ४१ गरी जम्मा १ सय ८ जनाले मनोनयन दर्ता गराएका छन् ।
तेसै गरी अदानचुली गाउँ पालिकामा अध्यक्ष पदका लागी ४, उपाध्यक्षको लागी ५, वडा अध्यक्षको लागी २०, महिला सदस्यको लागी २४, दलित महिला सदस्यको लागी १९, खुल्ला सदस्यको लागी ३७ गरी जम्मा १ सय ९ जना गरी हुम्ला जिल्लाका ७ वटा निर्वाचन अधिकृतको कार्यालयमा ९ सय ४१ जनाले मनोनयन दर्ता गराएको मुख्य निर्वाचन अधिकृतको कार्यालय हुम्लाले जनाएको छ ।
मंगलबार दिनको ११ वजे संचालन भएको पत्रकार संम्मेलनमा आगामी बैशाख ३० गते हुने स्थानिय तहको निर्वाचनलाई धादलि रहित स्वच्छ, निष्पक्ष ढंगले संचालन गर्नु पर्ने र सुरक्षा व्यवस्थाका बारेमा प्रमुख जिल्ला अधिकारी सिता परियारले बताएकी थिइन । पत्रकार संम्मेलनमा प्रहरी नायव उपरिक्षक कृष्णराज ओझा ससत्र प्रहरी नायव उपरिक्षक गेन्द्र भण्डारी कोष नियन्त्र लगाएतका हुम्ला जिल्लामा स्थापित पत्रकारहरुको उपस्थित रहेको थियो ।

सम्बन्धित

ताजा अपडेट
मेडिकल जीवनमा मिनेट भन्दा पनि सेकेन्डको महत्व धेरै हुनेः पुर्व मुख्य मन्त्री शाही
नेपाली काँग्रेस प्रदेश सभा क्षेत्र क र ख को अधिवेसन सम्पन्न
माध्यामिक विद्यालय शिक्षक युनियन जिल्ला कार्यसमिति गठन

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: rajanhahi@gmail.com

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९