राज शाही मंगलबार, चैत्र २९, २०७८ मा प्रकाशित

यति वेला हुम्ला जिल्लामा मेसिन प्रयोग गरी रुख काट्नेको संख्यामा वृद्धी भइ रहेको छ । मेसिन लगाएर रुख काट्दा पुन नपलाउने र बन जंगलमा रहेका चराचुरुङगी वन्यजन्तु भागेर अन्य ठाउँ जाने भएकाले वनजंगलमा मेसिन प्रयोग गर्नमा रोक लगाउनु पर्ने हुम्ला जिल्ला खार्पुनाथ गाउँ पालिका वडा नं ५ याँङचु गाउँका स्थानियवासी एव पुर्व शिक्षक धनध्वज शाहीले बताएका छन् ।

हरियो वन नेपालको धन भन्ने नारालाई आत्मसाथ गर्दै युवाहरुले एक रुख काटे २ रुख रोप्नु पर्ने मानसिकताको विकास गर्नु पर्ने आवश्यक रहेको शाहीले बताएका छन् । यति वेला खार्पुनाथ गाउँपालिका वडा नं ५ मा जथाभावी मेसिन लगाइ रुख कटानले सामुदायिक तथा राष्ट्रिय वन सखाप हुँदै गएकोले जसको नियन्तणका लागी सरोकारवाला निकायको ध्यान केन्द्रित हुनु आवश्यक रहेको शाहीले बताएका छन् ।
प्राकृतीकरुपमा हुर्केका रुखहरुलाई मेसीन लगाइ पुरुषार्थ देखाउने युवाहरुलाई सरोकारवाला निकायले समयमै नियन्त्रण गर्न नसके हरियो वन नेपालको धन भन्ने नारा कुनै दिन कथामा मात्र सिमित हुने शाहीले बताएका छन् ।
अनुमती लिई वा नलिई रुख कटान गर्दा मेसिन प्रयोगले जंगली जनावर भागी एक वनबाट अर्को वनमा जाने र जंगली जनावर संरक्षणमा कठिन भएकाले बनजंगलमा मेसिन प्रयोग गर्न वन्देज गर्नु पर्ने शाहीले बताएका छन् ।

सम्बन्धित

ताजा अपडेट
लैङ्गिक हिंसा, जातीय संवेदनशीलता तथा सामाजिक सद्भावसम्बन्धि कार्याशाला गाेष्ठी
विद्यालयमा दिवा खाजा कार्यक्रममा प्राकृतिक खेतीका उत्पादन जोड्न समन्वय
विषादी रहित स्थानीय उत्पादन विद्यालयको दिवा खाजामा प्रयोग

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: [email protected]

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९