राज शाही मंगलबार, चैत्र २२, २०७८ मा प्रकाशित

featured photo: Mansarowar Times

हिमाली जिल्ला हुम्लामा खाध्यन्न अभाव हुन थाले पछि हेलिकप्टरले खाध्यन्न ढुवानी गरीरहेको छ । नेपालगन्ज खाद्य डिपोको खाध्यन्न् टिपरमा हुम्ला जिल्लाको चंखेली गाउँपालिकाको सरिसल्ला सम्म र त्यहाँबाट ट्याक्टरले सर्केगाड गाउँपालिकाको सर्केगाड बजार सम्म पुर्याइएको खाध्यन्न हेलिकप्टरले सिमकोट सम्म ढुवानी गरेको हो ।
सिता एरलाईन्सले खाद्यन्न ढुवानी जिम्मा लिएको खाध्यन्न माउन्टेन हेलिकप्टरले हुम्लाको सर्केगाडबाट हुम्लाको सिमकोट ढुवानी गरेको हो । नेपालगन्ज खाध्य डिपोबाट सिता एरलाइन्सले यस अघि हवाइ मार्गबाट सिमकोट ढुवानीका लागी जिम्मा लिएको खाध्यन्न सर्केगाड सम्म टिपरमा ढुवानी गरी त्यहाँबाट हेलिकप्टरले सिमकोट पुर्याएको हो ।
हेलिकप्टरले दिनको करिव ४० कुन्टल भन्दा वढी ढुवानी गरिरहेको नेपाल खाध्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड हुम्लाको श्रोतले बताएको छ । सिता एरलाइन्स प्रर्यटक ओसार्नका लागी पुर्वतिर लागे पछि सोको विकल्पमा हेलिकप्टरले सदरमुकाम सिमकोट डिपोका लागी खाध्यन्न ढुवानी गरिरहेको छ ।
हेलिकप्टरले एक फलाइडमा करिव ५ कुन्टल खाद्यन्न ढुवानी गर्ने गरेको र दिनको ८ फलाइट गर्दा करिव ४० कुन्टल खाधन्न सिमकोट ढुवानी हुने गरेको छ । हुम्लामा प्राइभेट एरलाइन्सले उडान भर्न वन्द गरे पछि नेपाल सरकारको ढुवानीमा अनुदान दिदै आएको खाद्यन्न संगै बजारमा मासु, तरकारी लगाएत निर्माण व्यवसायीका सामाग्रीको अभाव देखिएको छ ।
नेपाल एरलाईन्सले हुम्लाका लागी उडान भरे पनि दिन प्रतिदिन उक्त जहाजले हवाइ भाड वृद्धि गर्दै गएको नन्द वुढाले बताएका छन् । यस अघि पर व्यक्ती १८ हजारमा नेपालगन्जबाट यात्रु ओसारको उक्त हवाइ जहाजले मंगलबार २१ हजार पर व्यक्ती भाडा तोकेको बुढाले नेपालगन्जबाट गुनासो गरेका छन । सोको सुनुवाइ समय मै भई यसको समस्या समाधान गरी दिन नेपाल सरकारलाई आग्रह बुढाले गरेका छन् ।

सम्बन्धित

ताजा अपडेट
जिल्ला स्वास्थ्य सेवा कार्यालय हुम्लाले इन्फ्लुएन्जा (फ्लु) बाट बच्न आग्रह
घरपालुवा पशुलाइ जंगली जनावर भालुले क्षेती पुर्याय क्षेतीपुर्ती पाउने
२२ औं महिला स्वास्थ्य स्वयंसेविका दिवस  विभिन्न कार्यक्रम गरि मनाइयो

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: [email protected]

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९