राज शाही शुक्रबार, चैत्र १८, २०७८ मा प्रकाशित

कर्णाली प्रदेशको हुम्ला जिल्लाको सदरमुकाम सिमकोट बजार क्षेत्रको सरसफाइ गर्ने कार्य कर्मचारी र जनप्रतिनिधिको भर पर्नुपर्ने अवस्था आएको छ। घरधनी र बहालमा बस्नेले आफ्नै अगाडि सरसफाइ नगर्ने भएको कारण अरुले आएर सरसफाई गर्नुपरेको हो।

सुक्रबार विहान प्रमुख जिल्ला अधिकारी सीता परियारको नेतृत्वमा सिमकोट बजारको सरसफाइ गर्ने कार्य भएको छ। जताततै फोहोर बढेर दुर्गन्धित हुन थालेपछि सरसफाइ गर्ने कार्य भएको हो। कुचो समातेर आफै सरसफाइमा खटिएकी प्रमुख जिल्ला अधिकारीले बजारलाई स्वच्छ र सफा राख्न उक्त अभियानमा लागेको र यस पछि जो जसले फोहोर बजारको बाटो सडकमा फाल्छ निजलाई जरिवाना गर्ने जिम्मा सुरक्षाकर्मीलाई लगाइ फोहोर फाल्नेलाई १ हजार रुपैयाँ जरिवाना गरी सुरक्षाकर्मीले रसिद काट्ने प्रमुख जिल्ला अधिकारी परियारले  बताइन्मु बताएकी छन ।

मुख्य–मुख्य चोकमा फोहोरको थुप्रो लाग्दै आएको थियो। त्यसैगरी, ढलमा पनि फोहोर भरिएर पानी समेत सडकमा आउन थालेपछि मानिसलाई आवतजावतमा समस्या हुने गरेको बेला सरसफाइ गरिएको हो। सरसफाइ गरेर जम्मा पारिएको फोहोरलाई बोहरा राखी ट्र्याक्टरबाट डम्पिङ साइट लग्ने कार्य सिमकोट गाउँपालिकाले गरेको सिमकोट गाउँ पालिका अध्यक्ष पदमबहादुर लामाले बताएका छन्।

उनले स्वच्छ र सफा सिमकोट बनाउन घरधनी र भाडामा बस्नेलाई सरसफाइ अभियानमा स्वतस्फुर्त लाग्ने वातावरण बनाउन आवश्यक रहेको बताएका छन। उनले बजार क्षेत्रभरि जताततै फोहोर बढेपछि त्यसबाट सफा राख्न अब साप्ताहिक रुपमा सरसफाइ अभियान सञ्चालन गर्ने जानकारी दिएका छन ।

त्यससँगै अब आफ्नो घर अगाडिको फोहोर नउठाउनेलाई जरिवाना गर्ने नियम पनि चाँडै गाउँपालिकाले ल्याउने अध्यक्ष लामाले बताएका छन ।

सम्बन्धित

ताजा अपडेट
मेडिकल जीवनमा मिनेट भन्दा पनि सेकेन्डको महत्व धेरै हुनेः पुर्व मुख्य मन्त्री शाही
नेपाली काँग्रेस प्रदेश सभा क्षेत्र क र ख को अधिवेसन सम्पन्न
माध्यामिक विद्यालय शिक्षक युनियन जिल्ला कार्यसमिति गठन

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: rajanhahi@gmail.com

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९