राज शाही शुक्रबार, चैत्र १८, २०७८ मा प्रकाशित

featured photo: Mansarowar Times

डिभिजन वन कार्यालय हुम्लाले नर्सरीमा ६ हजार बिरुवा उत्पादन गरेर सामुदायिक वन, किसान, संघ संस्थालाई वितरण गर्ने योजना रहेको सहायक अधिकृत शाहीले बताए । अहिले नर्सरीमा ओखर, द्यार, ढटेलो, लौंठ, पाँचऔंले, पदमचाल्नु, गन्दैनु आदी इत्यादि बिरुवा धमाधम उत्पादन भईरहेको छ । तयार भएको बिरुवा असारमा बितरण गर्ने योजना रहेको उनले बताए ।

डिभिजन वन कार्यालय हुम्लाले निःशुल्क रुपमा विरुवा वितरण गर्न आफ्नै नर्सरी तयार पारेको छ । सरदमुकाम सिमकोट तल्लो बजारमा रहेको आफ्नै कार्यालय भवनको अगाडी खाली रहेको भूभागमा नर्सरी निर्माण गरिएको सहायक वन अधिकृत  लोग्जन शाहीले बताए । डिभिजन वन कार्यालय हुम्लाले उत्पादन गरेका विरुवा सातवटै गाउँपालिकामा निःशुल्क वितरण गरीने भएको सहयाक वन अधिकृत शाहीले बताए ।

ओखर तीन हजार द्यार तीन हजार गरी ६ विरुवा उमार्न उच्च प्रविधिको ‘हाईटेक’ नर्सरी निर्माण गरिएको छ । बिउ रोप्ने तातो घर निर्माण गरिएको छ । बिउ उमार्न गर्मी ठाउँ चाहिने भएकाले तातो घर बनाइएको सहायक अधिकृत शाहीको भनाई छ । यस्तै अन्य विरुवा बाहिर खुल्ला ठाउँमा उमारीएको छ । वातावरण जोगाउन वन क्षेत्रको बिस्तार र बिकासका लागि नर्सरी अत्यावश्यक रहेकाले निर्माण गरिएको उनले बताए ।

नर्सरीमा तयार भएको विरुवा पाउनका लागि किसानले सामुदायिक वन वा ब्यक्तिले निवेदन दिनुपर्छ । खेर गएको जमिन हराभरा बनाउन, किसानलाई चाहिने विरुवाको आपूर्ती गर्ने उद्दश्यका साथ जडिवुटी खेती बिस्तारमा सघाउने मुख्य योजना रहेको शाहीले बताए । असार महिनामा निःशुल्क विरतण गरीने भएको हो ।

सम्बन्धित

ताजा अपडेट
बाजुराको गुम्बा गाउँका स्थानीय हुम्ला अन्तरगत मैला पञ्चायतमा
रेडियो कर्णाली आवाजको बार्षिक उत्सबमा जवाफ देहिता कार्यक्रम
बालबालिकाका कार्यक्रममा अभिभावक साथमा राख्नु पर्ने नाम्खा उपाध्यक्षः तक्दिर लामा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: [email protected]

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९