राज शाही बिहिबार, चैत्र १७, २०७८ मा प्रकाशित

featured photo: Mansarowar Times

यतिबेला हुम्लाका किसान कार्तिके वाली कोदो आलु सिमी लगाउनमा व्यस्त देखिएका छन् । स्थानीय तहको निर्वाचन नजिकिदै जाँदा नेताहरु भोट माग्न गाउँ–गाउँ पुगिरहेका बेला हुम्लाका किसानलाई भने कार्तिके वाली लगाउनेको चटारो देखिएको छ ।हुम्लाका विभिन्न खेतबारीमा धमाधम कार्तिके वाली लगाउने काम भइ रहेको छ  ।

चैतको टन्टलापुर गर्मीमा यहाँका किसानहरु कार्तिके वाली आलु, कोदो, सिमी लगाएतका बाली लगाउनमा  व्यस्त देखिएका छन । कार्तिके वालीको लागी खेत गरा पल्टाउने, ढ्ङ्गा मुडा पन्छाउने, फोहोर सफा गर्ने , आली, गरा मिलाउनमै व्यस्त हुम्लाका किसान देखिएका छन् । किसानले हल गोरु लगाएर खेत जोतिरहेका छन् । खेतमा किसान कार्तिके वाली लगाउनमा वेस्त छन् भने उता नेताहरु स्थानीय निर्वाचन लक्षित कार्यक्रम गर्दै मतदातासँग भोट मागिरहेका छन् । धान फल्ने हुम्लाका बस्तीमा चैत महिनामा विउ राखेर जेठ असारमा खेतमा धान लगाउने हुम्लामा चलन रहेको छ ।

यति वेला हुम्लाको सिमकोट, खार्पुनाथ, चंखेली ,सर्केगाड, ताँजाकोट, अदानचुली र नाम्खाको केही वस्तीहरुमा कोदो आलु सिमी लगाउने कार्य भइरहेको छ । विश्वभर फैलिएको कोरोना महामारीका कारण घर छोडेर बाहिर गएका व्यक्तिहरु गाउँ फर्किएका र जिल्लाका केहि स्थानीय सरकारहरुले जमिन बाँझो राख्न नपाइने नीति बनाएका कारणले पनि यसपालि बाँझा खेतहरुमा कार्तिके वाली लगाउन सुरु गरिएको छ  ।

सम्बन्धित

ताजा अपडेट
२२ औं महिला स्वास्थ्य स्वयंसेविका दिवस  विभिन्न कार्यक्रम गरि मनाइयो
हुम्लाका छ दर्जन बढी योजनाको काम चिसोले प्रभावित
हेड नेपालको सहयोगमा ३४ औ अन्तराष्ट्रिय अपाङ्गता दिवस मनाइयो

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: [email protected]

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९