राज शाही सोमबार, चैत्र १४, २०७८ मा प्रकाशित

जिल्ला प्रशासन कार्यालयमा ज्ञापन पत्र पेश गरीएको छ । उक्त ज्ञापन पत्र नेपाल निजामति कर्मचारी युनिययन जिल्ला कार्यसमिति हुम्लाले पेश गरेको हो । निजामती प्रशासनलाई संघिय शासन अनुरुपको ढाँचामा व्यवस्थित गरी सेवा प्रवाहलाई चुस्त दुरुस्त प्रभावकारी पारदर्शी एव नागरिक कैत्री गराउने कार्यमा सहयोग गरी ऐन जारी गर्ने र सो ऐनले नेपालको प्रशासनिक विकासमा कोशे ढुंगाको रुपमा भुमिका खेल्नेछ भन्ने विश्वा लिएको नेपाल निजामती कर्मचारी युनियनका केन्द्रिय सदस्य मोहनबहादुर शाहीले बताएका थिए ।

सरकारद्धारा सार्वजनिक प्रशासनका विश्वव्यापी आधारभुत मुल्य मान्यता एव कानूनका सर्वमान्य सिद्धान्त समेतलाई मनन गरी नेपाल निजामती कर्मचारी युनियनबाट विभिन्न मिति तथा समयमा पेश भएका सुझावलाई समेटी यथाशीघ्र सङघीय निजामती सेवा ऐन जारी गर्नका लागी जिल्ला प्रशासन कार्यालय मार्फत नेपाल सरकारलाई ज्ञापन पत्र पेश गरीएको र उक्त ज्ञापन पत्रमा समेटीएका बुधालाई बाचन गरी सुनाउदै नेपाल निजामति कर्मचारी युनियनका जिल्ला उपाध्यक्ष मनमानया वली बाचन गरेकी थिइन ।

उक्त ज्ञापन पत्रमा निजामती सेवामा हाल कायम रहेको दश वटा सेवामा सुचना प्रविकि सेवा थप गरियोस, स्वास्थ्य सेवा र संसद सेवालाई पनि संघीय निजामती सेवामा समावेश गरियोस,  कुनै पनि सेवा समुहको पदहरुको लागि न्युनतम शैक्षिक योग्यता तोक्दा तल्लोदेखि माथिल्लो पदहरुमा शैक्षिक योग्यताको तह फरक भएपनि विषय एउटै गरियोस सेवा समुहमा उल्लेख गरियएको थियो । तेसै गरी श्रेणी तहमा संघ प्रदेश र स्थानिय तहमा श्रेणीगत वा तहगत जे गर्ने हो सबै तहमा एकरुपता कामय गरियोस भन्ने उक्त ज्ञापन पत्रमा उल्लेख गरीएको छ । भर्ना छनौट तथा पदस्थापनामा निजामती सेवाको भर्ना र छनौट प्रक्रियालाई बैज्ञानिक व्यवस्थित र बस्तुगत बनाइयोस, सेवामा बहाल रहेको कर्मचारीलाई खुला तथा आनतरिक प्रतिस्पर्धामा सहभागी हुन उमेरहद नलाग्ने वर्तमान व्यवस्था यथावत कायम राखियोस र विभिन्न स्थानमा कार्यरत कर्मचारी र उनीहरुको परिवारको जिउधनको सुरक्षा हुने किसिमको शान्ति सुरक्षाको बातावरण सृर्जना गरियोस भन्ने लगायतका माग राखी नेपाल निजामती कर्मचारी युनियन जिल्ला कार्यसमिति हुम्लाले अहिले वेलुका ३ वजे प्रमुख जिल्ला अधिकारी सिता परियार मार्फत उक्त ज्ञापन पत्र नेपाल सरकारलाई पेश गरेको हो ।

सोही क्रममा प्रमुख जिल्ला अधिकारी सिता परियारले समय सान्दर्भिक ज्ञापन पत्र प्राप्त भएकाले उक्त ज्ञापन पत्र गृह मन्त्रालय मार्फ नेपाल सरकारलाई आजको आजै पेश गर्ने प्रतिवद्ध व्यक्त गर्नु भएको थियो । उक्त ज्ञापन पत्र जस्ताको तस्तै नेपाल सरकारलाई पठाउने बताउदै प्रमुख जिल्ला अधिकारी परियारले यसरी बताउनु भयो ।

ज्ञापन पत्र बुझाउन जिल्लामा कार्यरत नेपाल निजामती कर्मचारी युनियनका पदाधीकारीको उपस्थित रहेको थियो ।

सम्बन्धित

ताजा अपडेट
मेडिकल जीवनमा मिनेट भन्दा पनि सेकेन्डको महत्व धेरै हुनेः पुर्व मुख्य मन्त्री शाही
नेपाली काँग्रेस प्रदेश सभा क्षेत्र क र ख को अधिवेसन सम्पन्न
माध्यामिक विद्यालय शिक्षक युनियन जिल्ला कार्यसमिति गठन

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: rajanhahi@gmail.com

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९