राज शाही आइतबार, चैत्र १३, २०७८ मा प्रकाशित

हुम्ला

इजाजत प्राप्त हतियार जिल्ला प्रशासन, जिल्ला प्रहरी वा नजिकको सुरक्षा निकायमा बुझाउनु पर्ने भएको छ ।आगामी स्थानिय तहको निर्बाचनलाई भरपर्दो, सुरक्षित र विश्वस्नीय बनाउनका लागी घरेलु हात हतियार नजिकको सुरक्षा चौकीमा बुझाउन जिल्ला प्रशासन कार्यालय हुम्लाले सर्वसाधरणको लागी जानकारी गराएको छ ।

हातहतियार नबुझाइ गाउँघरमा हुँदा रहँदा निर्वाचन भरपर्दो, सुरक्षित र विश्वसनीय नहुने भएकाले उक्त इजाजत प्राप्त हतियार जिल्ला प्रशासन वा नजिकको सुरक्षा युनिटमा बुझाउनको लागी जानकारी गराइएको प्रमुख जिल्ला अधिकारी सिता परियारले बताएकी छन् ।आगामी बैशाख ३० गतेको स्थानिय निर्वाचन सम्पन्न भए पछि उक्त हातहतियार पुन सोत स्फुर्तरुपमा फिर्ता हुने पनि प्रमुख जिल्ला अधिकारी परियारले बताएकी हुन ।

इजाजत प्राप्त हातहतियार लिनेको लगत जिल्ला प्रशासन कार्यालयमा रहेको सोही अनुसार उक्त हातहतियार फिर्ता गाराउनका लागी पहल गर्न सुरक्षा निकायलाई पनि परिचालन गर्ने प्रमुख जिल्ला अधिकारी परियारले बताएकी छन् ।

उक्त हतियारहरु चैत मसान्त सम्ममा बुझाइ सक्नु पर्ने भएको छ । कोही–कसैले विनाइजाजतका भरुवा तथा एअर गन राखेको भए चैत मसान्तभित्र स्वतस्फुर्त रूपमा नजिकको प्रहरी कार्यालयमा बुझाउन प्रशासनले सूचित गरेको छ । निर्धारित समयभित्र नबुझाई अटेर गरी बसेको पाइएमा त्यस्ता व्यक्तिको हातहतियार खोजतलास गरी कानुनबमोजिम कारबाही गरिने प्रशासनले जनाएको छ ।

सम्बन्धित

ताजा अपडेट
मेडिकल जीवनमा मिनेट भन्दा पनि सेकेन्डको महत्व धेरै हुनेः पुर्व मुख्य मन्त्री शाही
नेपाली काँग्रेस प्रदेश सभा क्षेत्र क र ख को अधिवेसन सम्पन्न
माध्यामिक विद्यालय शिक्षक युनियन जिल्ला कार्यसमिति गठन

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: rajanhahi@gmail.com

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९