ओवराज शाही शनिबार, चैत्र १२, २०७८ मा प्रकाशित

हुम्ला

नेपाली काँग्रेसको हुम्ला जिल्लाको ७ औ र केन्दीय १४ औ अधिवेसनमा देखिएको विवाद समाधान भएको छ । शनिवर नेपाली काँग्रेसका नेता तथा कार्यकर्ताहरु बीच बसेको बैठकले पार्टी भित्र देखिएको आन्तरीक समस्यालाई समाधान गरी एक ढीक्का भएर आगामी बैशाख ३० गते हुने स्थानिय तहको निर्बाचनमा जाने निर्णय गरेको छ ।

सोही विषयलाई लिएर नेपाली काँग्रेसकी पुर्व संविधान सभा सदस्य रीता शाहीले एक विज्ञप्ती प्रकासित गरेकी छन् । उक्त विज्ञप्तीका अनुसार  नेपाली काँग्रेसको १४ औ महाधिवेसनको समयमा हुम्ला जिल्ला अधिवेसन संचालन हुने क्रममा केही तिक्तता र असमझदारी बढनुका साथै समानान्तर समिति गठन हुने अवस्था सिर्जना भयो । सबैबाट विगतलाई समिक्षा गर्दै वर्तमान परिवेशमा खेल्नु पर्ने भुमिकाको आवश्यकता महसुस गरेर समानान्तर समिति नरहेको शाहीले   बताएकी छन् ।

अहिले नेपाली काँग्रेसको घर घर जाऔ, नेपाली काँग्रेस जताऔं भियान शुरु भएको छ यो अभियानलाई सफल पार्न हरेकको काँधमा भारी र हरेक हातमा जिम्मेवारी आएको  रामबहादुर भण्डारीले  बताएका छन् ।

राम्रो र सकरात्मक कार्यबाट नै हामीले हाम्रो लक्ष्य प्राप्त गर्न र नेपाली काँग्रेसका आम नेता कार्यकर्ताको आशा र भरोशा पुरा गर्नुका साथै बिचारलाई परिपक्क पार्न सक्छौ । जसबाट नै विकास र निकास हुन्छ । तसर्थ नेपाली काँग्रेसलाई कसैले भ्रममा नपार्न र सुदृढ बनाउन हामी एक भएर सहमति, सहकार्य, सहअस्थित्व र सहयात्राको राजनैतिकलाई थप मजवुत पार्दै अगाडी बढेका छौ र सधै बढिरहने नेपाली काँग्रेसका सभापति मोहन विक्रम सिंहले बताएका छन् ।

उक्त कार्यक्रम शनिवार दिनको ५ वजे नेपाली काँग्रेस पार्टी कार्यालय सिमकोटमा बसेको थियो ।

सम्बन्धित

ताजा अपडेट
लैङ्गिक हिंसा, जातीय संवेदनशीलता तथा सामाजिक सद्भावसम्बन्धि कार्याशाला गाेष्ठी
विद्यालयमा दिवा खाजा कार्यक्रममा प्राकृतिक खेतीका उत्पादन जोड्न समन्वय
विषादी रहित स्थानीय उत्पादन विद्यालयको दिवा खाजामा प्रयोग

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: [email protected]

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९