Mansarowar Times बुधबार, जेठ ०७, २०७७ मा प्रकाशित

काठमाडौँ 

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले आज नयाँ नक्सा सार्वजनिक गर्ने तयारी गरेको छ ।

जेठ ५ गते बसेको मन्त्रीपरिषद्ले लिपुलेक, लिम्पियाधुरा र कालीपानीसहितको नयाँ नक्सा सार्वजनिक गर्ने निर्णय गरेसँगै मन्त्रालयले आज नयाँ नक्सा सार्वजनिक गर्ने तयारी गरेको मन्त्रीको सचिवालयले जनाएको छ ।

सचिवालयका अनुसार केही प्राविधि कार्यहरु गर्ने बाँकी रहेको र अहिले त्यो मिलाउने काम भइरहेको छ । यदि सबै काम सकिए आजै नक्सा सार्वजनिक गर्ने तयारी रहेको बताइएको छ । मन्त्रालयमा हिजो भएको छलफलअनुसार आज ११ बजे नक्सा सार्वजनिक गर्ने तयारी थियो । नक्सा सार्वजनिक गर्ने तयारीमा मन्त्रीका निजी सचिवालय लागेको मन्त्रालयका एक पदाधिकारीले बताए ।

मन्त्रीपरिषद्ले निर्णय गरेसँगै समाजिक सञ्जालदेखि विभिन्न सञ्चारमाध्यममा आएका नक्सा त्रुटिपूर्ण रहेको मन्त्री पद्मा आर्यालले स्वयम् भनेकी छिन् । उनले समाजिक सञ्जालमार्फत त्रुटीपूर्ण नक्सा प्रयोग नगर्न आग्रह गरेकी थिइन् ।

मन्त्रीपरिषद्ले नयाँ नक्सा सार्वजनिक गर्ने निर्णय गरेपछि मन्त्रालय त्यसको तयारीमा जुटेको बताउँदै उनले त्यतिबेलासम्म धैर्य गर्न आग्रह गरेकी थिइन् ।

सम्बन्धित

ताजा अपडेट
हुम्लाका विकास आयोजनाको अनुगमन तथा निरिक्षण
रा. स्व. पा. द्धारा जनताका कुरा हामी सुन्छौ कार्यक्रम संचालन
मेडिकल जीवनमा मिनेट भन्दा पनि सेकेन्डको महत्व धेरै हुनेः पुर्व मुख्य मन्त्री शाही

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: rajanhahi@gmail.com

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९