ओवराज शाही बुधबार, चैत्र ०९, २०७८ मा प्रकाशित

featured photo: Mansarowar Times

नेपाली काँग्रेसका संस्थापन नेता पुन नेपाली काँग्रेसमै फर्केका छन् । केही दिन अघि कोही कसैको वकाउमा लागी अन्यपार्टीमा प्रवेस गरेकोमा आज पुन नेपाली काँग्रेसमै फर्केको नेपाली काँग्रेसका उपसभापति बसन्त रोकायाले वताएका छन् ।

हुम्ला जिल्ला सिमकोट गाउँ पालिका वडा नं ४ बुराउसे गाउँ निवासी लोटइ लामा केही दिन अघि नेपाली काँग्रेस परित्याग गरी नेकपा एमाले प्रवेस गरेका थिए । आज पुन नेपाली काँग्रेस पार्टी मै फर्केको लामाले बताएका छन् । लामा नेपाली काँग्रेस हुम्लाका संस्थापन नेता पनि हुन ।

जनताको विश्वासिलो र भरपर्दो पार्टी नेपाली काँग्रेस नै भएकाले केही दिन अघि कोही कसैको वहकाउमा अन्य पार्टीमा गएको भए पनि पुन नेपाली काँग्रेसमा नै फर्केको लामाले बताएका छन् । लामालाई नेपाली काँग्रेसका नेता तथा कार्यकर्ताले भव्यरुपमा टसी खादा अभिर लगाइ स्वागत गरेको उपसभापती रोकायाले बताएका छन् ।

सम्बन्धित

ताजा अपडेट
हुम्लाका छ दर्जन बढी योजनाको काम चिसोले प्रभावित
हेड नेपालको सहयोगमा ३४ औ अन्तराष्ट्रिय अपाङ्गता दिवस मनाइयो
मोतिया विन्दु सल्यक्रिया र हेपाटाइटिस बि सम्बन्धिको भ्याक्सिनेसन शिविर

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: [email protected]

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९