राज शाही मंगलबार, चैत्र ०८, २०७८ मा प्रकाशित

खानेपानी सिचाइ तथा उर्जा विकास कार्यालय प्रमुख अकल महतले पानीको स्रोतको संरक्षण गर्दै पर्यावरण सन्तुलनमा योगदान पु-याउन सबैलाई आग्रह गरेका छन् । विश्व पानी दिवस–२०२२ का अवसरमा शुभकामना दिँदै उनले समस्त जीवनजगत्को अस्तित्वको रक्षा गर्ने प्रकृतिप्रदत्त वरदानका रूपमा रहेको पानीको महत्त्व, संरक्षण र दिगो प्रयोगका बारेमा जनचेतना अभिवृद्धि गर्नुपर्ने प्रमुख महतले बताएका छन् ।

पानी र प्रकृतिसँग प्राणीजगत्को अस्तित्व गाँसिएको महतले बताएका छन् । प्रमुख महतले भूमिगत जलस्रोत महत्त्वपूर्ण प्राकृतिक सम्पदा भएकाले यसको दिगो संरक्षण आवश्यक रहेको उल्लेख गरेका छन् ।जलस्रोतको ठूलो अंश मानिने भूमिगत जलस्रोतको प्रयोगमा जनसङ्ख्याको ठूलो हिस्सा आश्रित भइरहेको उल्लेख गर्दै उनले स्वच्छ खानेपानीको आपूर्ति र सरसफाइसम्बन्धी उद्देश्यहरूलाई प्राथमिकतामा राखी सरकारले विभिन्न कार्यक्रम अघि बढाइरहेको बताएका छन् ।

सम्बन्धित

ताजा अपडेट
मेडिकल जीवनमा मिनेट भन्दा पनि सेकेन्डको महत्व धेरै हुनेः पुर्व मुख्य मन्त्री शाही
नेपाली काँग्रेस प्रदेश सभा क्षेत्र क र ख को अधिवेसन सम्पन्न
माध्यामिक विद्यालय शिक्षक युनियन जिल्ला कार्यसमिति गठन

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: rajanhahi@gmail.com

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९