राज शाही आइतबार, चैत्र ०६, २०७८ मा प्रकाशित

featured photo: Mansarowar Times

व्राहदल गुल्म रानीवन व्यारेक सिमकोट हुम्लाको सहजीकरणमा ३५ जना विद्यार्थीलाई राष्ट्रिय सेवा दल तालीमको लागी राष्ट्रिय सेवा दल प्रशिक्षण तालिम शिक्षालय कोलपुरमा पठाएको छ ।  जानु पर्ने ३६ जना भए पनि १ जना छात्रको स्वास्थ्यमा समस्या आए पछि ३५ जना मात्र उक्त तालीमका लागी पठाइएको मानसरोवर माध्यामिक विद्यालय सिमकोट हुम्लाका सुचना अधिकारी राजबहादुर शाहीले बताएका छन् ।

ब्राहदल गुल्म सिमकोट हुम्लाले मानसरोवर नमुना माध्यामिक विद्यालय, सिमकोट हुम्लाबाट  छनोट गरिएका विद्यार्थीलाई तालीमका लागी नेपाली सेनाको स्काइ ट्रकको दुई चाटर गरी ३६ जना विद्यार्थी र २ जना शिक्षक पठाएको  हो । तालीममा मानसरोवर नमुना माध्यामिक विद्यालयका १८ छात्रा र १७ छात्र गरी ३५ जना विद्यार्थीलाई राष्ट्रिय सेवा दलको जुनियर तालीमका लागी आइतबार पठाइएको  ब्राहदल गुल्मका गुल्मपति गणेश खड्कले बताएका छन् ।

नेपालमा विसं २०२२ देखि यस्तो तालीम प्रदान गरिँदै आएको छ । गुल्मपति खड्काले तालीमले युवामा अनुशासित, इमान्दार र बफादारिताको भावना विकास गराउन मद्दत पुग्ने बताएका छन्।विद्यार्थीलाई विभिन्न ब्यायाम, प्राथमिक उपचार, विपद् व्यवस्थापन, सामान्य युद्धकलालगायत सम्बन्धी तालीम दिइने भएको छ ।

विसं २०२२ यता नेपालमा सिनियर र जुनियरतर्फ गरी ४३ हजार ६३२ छात्र÷छात्राले उक्त तालीम लिएको गुल्मपती खड्काले बताएका छन् । एक सय दिनसम्म सञ्चालन हुने उक्त तालीम ३१ दिन विद्यालयमा संचालन गरी  १५ दिन सामूहिक क्याम्प कोहलपुरमा सञ्चालन गरिने सेनाले जनाएको छ । यसअघि पनि सेनाले यहाँका विभिन्न विद्यालयमा सेवा दल तालीम सञ्चालन गरेको थियो ।

सडकको यातयात नजोडिएको हिमाली जिल्ला हुम्लामा नेपाली सेनाको स्काइ ट्रकले निशुल्करुपमा दुई चाटर गरी  आइतबार राष्ट्रिय सेवा दल प्रशिक्षण तालिम शिक्षालय कोलपुरका लागी उडान भरेको गुल्मपती खड्काले बताएका छन् । ।

सम्बन्धित

ताजा अपडेट
२२ औं महिला स्वास्थ्य स्वयंसेविका दिवस  विभिन्न कार्यक्रम गरि मनाइयो
हुम्लाका छ दर्जन बढी योजनाको काम चिसोले प्रभावित
हेड नेपालको सहयोगमा ३४ औ अन्तराष्ट्रिय अपाङ्गता दिवस मनाइयो

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: [email protected]

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९