राज शाही आइतबार, चैत्र ०६, २०७८ मा प्रकाशित

व्राहदल गुल्म रानीवन व्यारेक सिमकोट हुम्लाको सहजीकरणमा ३५ जना विद्यार्थीलाई राष्ट्रिय सेवा दल तालीमको लागी राष्ट्रिय सेवा दल प्रशिक्षण तालिम शिक्षालय कोलपुरमा पठाएको छ ।  जानु पर्ने ३६ जना भए पनि १ जना छात्रको स्वास्थ्यमा समस्या आए पछि ३५ जना मात्र उक्त तालीमका लागी पठाइएको मानसरोवर माध्यामिक विद्यालय सिमकोट हुम्लाका सुचना अधिकारी राजबहादुर शाहीले बताएका छन् ।

ब्राहदल गुल्म सिमकोट हुम्लाले मानसरोवर नमुना माध्यामिक विद्यालय, सिमकोट हुम्लाबाट  छनोट गरिएका विद्यार्थीलाई तालीमका लागी नेपाली सेनाको स्काइ ट्रकको दुई चाटर गरी ३६ जना विद्यार्थी र २ जना शिक्षक पठाएको  हो । तालीममा मानसरोवर नमुना माध्यामिक विद्यालयका १८ छात्रा र १७ छात्र गरी ३५ जना विद्यार्थीलाई राष्ट्रिय सेवा दलको जुनियर तालीमका लागी आइतबार पठाइएको  ब्राहदल गुल्मका गुल्मपति गणेश खड्कले बताएका छन् ।

नेपालमा विसं २०२२ देखि यस्तो तालीम प्रदान गरिँदै आएको छ । गुल्मपति खड्काले तालीमले युवामा अनुशासित, इमान्दार र बफादारिताको भावना विकास गराउन मद्दत पुग्ने बताएका छन्।विद्यार्थीलाई विभिन्न ब्यायाम, प्राथमिक उपचार, विपद् व्यवस्थापन, सामान्य युद्धकलालगायत सम्बन्धी तालीम दिइने भएको छ ।

विसं २०२२ यता नेपालमा सिनियर र जुनियरतर्फ गरी ४३ हजार ६३२ छात्र÷छात्राले उक्त तालीम लिएको गुल्मपती खड्काले बताएका छन् । एक सय दिनसम्म सञ्चालन हुने उक्त तालीम ३१ दिन विद्यालयमा संचालन गरी  १५ दिन सामूहिक क्याम्प कोहलपुरमा सञ्चालन गरिने सेनाले जनाएको छ । यसअघि पनि सेनाले यहाँका विभिन्न विद्यालयमा सेवा दल तालीम सञ्चालन गरेको थियो ।

सडकको यातयात नजोडिएको हिमाली जिल्ला हुम्लामा नेपाली सेनाको स्काइ ट्रकले निशुल्करुपमा दुई चाटर गरी  आइतबार राष्ट्रिय सेवा दल प्रशिक्षण तालिम शिक्षालय कोलपुरका लागी उडान भरेको गुल्मपती खड्काले बताएका छन् । ।

सम्बन्धित

ताजा अपडेट
लैङ्गिक हिंसा, जातीय संवेदनशीलता तथा सामाजिक सद्भावसम्बन्धि कार्याशाला गाेष्ठी
विद्यालयमा दिवा खाजा कार्यक्रममा प्राकृतिक खेतीका उत्पादन जोड्न समन्वय
विषादी रहित स्थानीय उत्पादन विद्यालयको दिवा खाजामा प्रयोग

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: [email protected]

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९