शान्ती सिंह शनिबार, चैत्र ०५, २०७८ मा प्रकाशित

घर घर जाँउ काँग्रेस जिताउ भन्ने मुल नाराका साथ नेपाली काँग्रेसका नेता तथा कार्यकर्ता प्रशिक्षण कार्यक्रम हुम्ला जिल्लाको सदरमुकाम सिमकोटमा संचालन गरिएको छ ।  नेपाली काँग्रेस जिल्ला पार्टी कार्यालयको आयोजनामा सुक्रबार विहान ८ वजे नेपाली काँग्रेस पार्टी कार्यालयमा कर्णाली प्रदेशका मुख्य मन्त्री जिवनबहादुर शाहीको हातबाट दिप प्रज्वोलन गरी, विपीको फोटोमा माल्य अर्पण गरी प्रशिक्षण कार्यक्रमको सुरुवात गरिएको थियो ।

नेपाली काँग्रेस जिल्ला पार्टी सभापति मोहन विक्रम सिहको अध्यक्षता र कर्णाली प्रदेश मुख्य मन्त्री जिवनबहादुर शाहीको प्रमुख आतिथ्य संगै नेपाली काँग्रेस केन्द्रिय सदस्य यज्ञन्द्र चौधरीको विशेष आतिथ्यमा संचालन भएको कार्यक्रममा विगतमा जनताले दिएका मतको उच्च मुल्याङकन गर्दै, आउदो निर्वाचनमा हुम्लाका जनताको मुहारमा खुसी झल्कने गरी नेपाली काँग्रेस लाग्नु पर्ने, बैशाख ३० गते हुने स्थानिय तहको निर्बाचनमा को कसले टिकट पाउने नपाउने पार्टीले उचित मुल्याङकन गरी टिकट दिइने  नेपाली काँग्रेसका केन्द्रिय सदस्य यज्ञन्द्र चौधरीले बताएका थिए ।

जव सम्म, समयमा हिड्न सक्दैनौ तव सम्म काँग्रेस अगाडी वढ्न सक्दैन,  जिल्लाका विकासे गतीविधीको सुरुवात काँग्रेसबाटै भएको हो यो कुरा जनतालाई बुझाउन सक्नु पर्ने ,  जिल्लाको विद्युत संचालन गरी वत्ती बाल्ने,  हिल्सा सिमकोट सडकको सुरुवात काँग्रेसबाटै भएको,  हुम्लामा १२ महिना हवाइजहाज चल्ने काँग्रेसले नै बनाएको  र नेतालाई फकाइ फुल्याइ टिकट पाउला भन्ने आशा नगरी जनताले रोजे खोजेको नेता नेपाली काँग्रेसको वडा तहबाटै छनौट  गरी जिल्ला पार्टीलाई पठाए बमोजिम सोही व्यक्तीले आगामी निर्बाचनमा टिकट पाउने छन, राजनैतिक लेनदेन होइन त्याग र तपश्या हो भन्दै मुख्य मन्त्री जिवन बहादुर शाहीले घर घर जाँउ नेपाली काँग्रेस जिताउ  प्रशिक्षण कार्यक्रममा बताउनु भएको थियो।

सोही कार्यक्रममा नेपाली काँग्रेसका मोहन विक्रम सिहले नेपाली काग्रेसका नेता तथा कार्यकर्ताले आफ्नो प्रचार नगरी सिङगो पार्टीको प्रचारमा लाग्न र सिगो नेपाली काँग्रेसलाई जिल्लामा जिताउनमा उपस्थित नेपाली काँग्रेसका नेता तथा कार्यकर्तालाई सुझाव दिएका थिए ।

सम्बन्धित

ताजा अपडेट
मेडिकल जीवनमा मिनेट भन्दा पनि सेकेन्डको महत्व धेरै हुनेः पुर्व मुख्य मन्त्री शाही
नेपाली काँग्रेस प्रदेश सभा क्षेत्र क र ख को अधिवेसन सम्पन्न
माध्यामिक विद्यालय शिक्षक युनियन जिल्ला कार्यसमिति गठन

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: rajanhahi@gmail.com

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९