राज शाही सोमबार, फाल्गुण ३०, २०७८ मा प्रकाशित

कर्णाली प्रदेशको हुम्ला जिल्लामा मतदान केन्द्र ५२ वटा यस अघि रहेकोमा १ वटा उपकेन्द्र थपिन सक्ने हुम्ला जिल्ला निर्वाचन कार्यालय प्रमुख श्यामबहादुर रानाले बताएका छन् । मतदाता संख्या वढी भएका मतदान केन्द्रमा क र ख  उपकेन्द्र  हुने भएका हुन । मतदान स्थल नथपिए पनि १ वटा उपकेन्द्र   थपिने भएका हुन ।

थपिने सक्ने मतदान केन्द्रहरुमा हुम्ला जिल्लाको खार्पुनाथ गाउँ पालिकामा स्थापित मान्धारा माध्यामिक विद्यालय भकुण्डामा १ हजार ६६ रहेकोमा सो मतदान केन्द्रमा १ वटा उपकेन्द्र  हुने छ । त्यसै गरी सोही गाउँ पालिकाको मालिका माध्यामिक विद्यालय लालीमा मतदाता संख्या १ हजार ७८ रहेकोमा सोही १ वटा उपकेन्द्र  हुने छ । सोही अनुसार सिमकोट गाउँ पालिका साविकको गा वि स भवन टुलिङको मतदाता संख्या१ हजार १ सय ६३ रहेकोमा सो मतदान केन्द्रमा १ वटा उपकेन्द्र हुने छ । ताँजाकोट गाउँ पालिका कैलास आधारभुत विद्यालय थापागाउँको मतदान केन्द्रमा मतदाता संख्या १ हजर १ सय १९ भएको मा सो मतदान केन्द्रमा पनि १ वटा उपकेन्द्र हुन सक्ने छ ।सोही अनुसार सर्केगाड गाउँ पालिकाको सृजनसिल आधारभुत विद्यालय माझगाउँमा मतदान केन्द्रमा मतदाताको संख्या १ हजार ६८ रहेकोमा सो मतदान केन्द्रमा पनि १ वटा उपकेन्द्र रहने जिल्ला निर्वाचन अधिकारी श्यामबहादुर रानाले  बताएका छन् ।

उक्त कुरा आज जिल्ला प्रशासन कार्यालय हुम्लामा आयोजित सर्वपछि कार्यक्रममा बताइएको हो । मतदान स्थल थप नभइ पहिले तोकिएका मतदान केन्द्रमा बढी मतदाता संख्या भएका मतदान केन्द्रमा  क र ख हुने भएको हो ।

सम्बन्धित

ताजा अपडेट
लैङ्गिक हिंसा, जातीय संवेदनशीलता तथा सामाजिक सद्भावसम्बन्धि कार्याशाला गाेष्ठी
विद्यालयमा दिवा खाजा कार्यक्रममा प्राकृतिक खेतीका उत्पादन जोड्न समन्वय
विषादी रहित स्थानीय उत्पादन विद्यालयको दिवा खाजामा प्रयोग

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: [email protected]

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९