राज शाही सोमबार, फाल्गुण ३०, २०७८ मा प्रकाशित

featured photo: Mansarowar Times

कर्णाली प्रदेशको हुम्ला जिल्लामा मतदान केन्द्र ५२ वटा यस अघि रहेकोमा १ वटा उपकेन्द्र थपिन सक्ने हुम्ला जिल्ला निर्वाचन कार्यालय प्रमुख श्यामबहादुर रानाले बताएका छन् । मतदाता संख्या वढी भएका मतदान केन्द्रमा क र ख  उपकेन्द्र  हुने भएका हुन । मतदान स्थल नथपिए पनि १ वटा उपकेन्द्र   थपिने भएका हुन ।

थपिने सक्ने मतदान केन्द्रहरुमा हुम्ला जिल्लाको खार्पुनाथ गाउँ पालिकामा स्थापित मान्धारा माध्यामिक विद्यालय भकुण्डामा १ हजार ६६ रहेकोमा सो मतदान केन्द्रमा १ वटा उपकेन्द्र  हुने छ । त्यसै गरी सोही गाउँ पालिकाको मालिका माध्यामिक विद्यालय लालीमा मतदाता संख्या १ हजार ७८ रहेकोमा सोही १ वटा उपकेन्द्र  हुने छ । सोही अनुसार सिमकोट गाउँ पालिका साविकको गा वि स भवन टुलिङको मतदाता संख्या१ हजार १ सय ६३ रहेकोमा सो मतदान केन्द्रमा १ वटा उपकेन्द्र हुने छ । ताँजाकोट गाउँ पालिका कैलास आधारभुत विद्यालय थापागाउँको मतदान केन्द्रमा मतदाता संख्या १ हजर १ सय १९ भएको मा सो मतदान केन्द्रमा पनि १ वटा उपकेन्द्र हुन सक्ने छ ।सोही अनुसार सर्केगाड गाउँ पालिकाको सृजनसिल आधारभुत विद्यालय माझगाउँमा मतदान केन्द्रमा मतदाताको संख्या १ हजार ६८ रहेकोमा सो मतदान केन्द्रमा पनि १ वटा उपकेन्द्र रहने जिल्ला निर्वाचन अधिकारी श्यामबहादुर रानाले  बताएका छन् ।

उक्त कुरा आज जिल्ला प्रशासन कार्यालय हुम्लामा आयोजित सर्वपछि कार्यक्रममा बताइएको हो । मतदान स्थल थप नभइ पहिले तोकिएका मतदान केन्द्रमा बढी मतदाता संख्या भएका मतदान केन्द्रमा  क र ख हुने भएको हो ।

सम्बन्धित

ताजा अपडेट
हुम्लाका छ दर्जन बढी योजनाको काम चिसोले प्रभावित
हेड नेपालको सहयोगमा ३४ औ अन्तराष्ट्रिय अपाङ्गता दिवस मनाइयो
मोतिया विन्दु सल्यक्रिया र हेपाटाइटिस बि सम्बन्धिको भ्याक्सिनेसन शिविर

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: [email protected]

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९