राज शाही आइतबार, फाल्गुण २९, २०७८ मा प्रकाशित

हुम्ला

१९ वटा विधेयक पारीत गर्दै हुम्ला जिल्ला  खार्पुनाथ गाउँपालिकाको गाउँ सभा सम्पन्न भएको छ। पारित भएका १९ वटा विधेयकहरुमा गाउँ शिक्षा नियमावली संसोधन २०७८, स्थानिय तहमा गरिने बजार अनुगमन, कृषि व्यवसाय तथा प्रवधन ऐन, स्थानिय तहको प्रशासकिय कार्यविधि, न्यायिक समितिको उदार तथा कार्वाही किनारा,मेलमिलाप केन्द्र कार्यविधि, स्थानिय तहको उपभोक्ता समिति गठन तथा परिचालन,घ वर्गको निर्माण व्यवसायी इजाजत पत्र कार्यविधि,करार कर्मचारी व्यवस्थापन कार्यविधिका, नदी तथा सार्वजनिक क्षेत्रको सरसफाइ कार्यविधि लगाएतका रहेको   खार्पुनाथ गाउँपालिका वडा नं ५ का वडा अध्यक्ष एव खार्पुनाथ गाउँ पालिका प्रवक्ता भिमराज शाहीले बताएका छन।

करिव ५ वर्षे कार्यकालयमा खार्पुनाथ गाउँपालिका अध्यक्ष कर्णबहादुर रावलले गाउँ पालिकाको आफ्नै भवन निर्माण गरी गाउँ पालिकाका काम कार्य गर्न सफल भएको, गाउँपालिकाले खार्पुनाथ देखि खार्पुनाथ गाउँपालिकाको वडा नं ५ को खर्पेल गाउँ सम्म सडक निर्माण, गाउँपालिकाले खार्पुनाथ शिवमन्दिर देखि बोक्चेगहुडा सम्म गाडी संचालन ,  कर्णाली नदीमा तुइन तर्नु पर्ने वाध्यताको अन्त्य,यस अघि खार्पुनाथ गाउँ पालिका वडा नं २,३ र ४ का सेवाग्राहीले गाउँपालिका याँङचु बजारमा आवत जावत गर्दा कर्णाली नदिमा तुइन तर्नु पर्ने वाध्य रहेको थियो सो नदिमा झुलङगे पुल निर्माण गरी गाउँपालिकाबाट सेवाग्राहीलाई सेवा लिन सहज बनाएको,  १ वटा सामुदायीक भवन निर्माण गरी पिएचडी डाक्टरको व्यवस्था समेत गरेको, विरामीहरुको सहज उपचार खार्पुनाथ गाउँ पालिकाबाटै हुने गरेको  अध्यक्ष रावलले बताएका छन् ।

गाउँपालिकाले आफ्ना सेवा चुस्त दुरुश्त राख्नका लागी योजना अनुगमन तथा मुल्याङकन समिति समेत गठन गरी प्रत्येक वडामा संचालन भई रहेका योजनाहरुको अनुगमन तथा मुल्याङकन समेत गरी रहेको छ । हुम्ला जिल्लाका ७ वटा गाउँपालिका मध्य खार्पुनाथ गाउँ पालिकाले आफ्नै सुविधा सम्पन्न गाउँ पालिकाको भवन निर्माण गरी कार्यालय संचालन गरी रहेको छ । कार्यालय संचालन गरी बाँकी रहेका भवनमा प्रभु बैंकलाई भाडामा समेत दिएको छ ।

उक्त गाउँ पालिकाले आज दशौं गाउँ सभा सम्पन्न गरेको हो । हिउँदे गाउँसभा गर्ने खार्पुनाथ तेश्रो  गाउँपालिका भएको छ। यसअघि नाम्खा  र सिमकोट गाउँपालिकाले गाउँसभा सम्पन्न गरि सकेका छन् । जिल्लाका सर्केगार्ड, चङ्खेली, अदानचुली र ताँजाकोट गाउँपालिकाले हालसम्म हिउँदे गाउँसभा गर्न सकेका छैनन्।

सम्बन्धित

ताजा अपडेट
मेडिकल जीवनमा मिनेट भन्दा पनि सेकेन्डको महत्व धेरै हुनेः पुर्व मुख्य मन्त्री शाही
नेपाली काँग्रेस प्रदेश सभा क्षेत्र क र ख को अधिवेसन सम्पन्न
माध्यामिक विद्यालय शिक्षक युनियन जिल्ला कार्यसमिति गठन

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: rajanhahi@gmail.com

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९