राज शाही आइतबार, फाल्गुण २२, २०७८ मा प्रकाशित

featured photo: Mansarowar Times

कर्णाली करिडोर अन्तरगत हुम्ला खण्डको सुनखाडा क्षेत्रमा विकास निर्माणको काम गरी रहेका नेपाली सेनालाई कोरोना विरुद्धको बुष्टर खोप लगाइएको छ । उक्त खोप कर्णाली प्रदेशको हुम्ला जिल्ला खार्पुनाथ गाउँपालिकाले विकास निर्माण गरिरहेको जनशक्तिलाई पनि कोरोना विरुद्धको खोप लगाउने कार्य गरेको छ ।

आज आइतबार खार्पुनाथ गाउँ पालिकाले कर्णाली करिडोर अन्तरगत हुम्लाको सुनाखाडा खण्डमा विकास निर्माणको काम गरी रहेको नेपाली सेनालाई कोरोना विरुद्धको खोप लगाएको खार्पुनाथ गाउँ पालिका स्वास्थ्य संयोजक वलिराज शाहीले बताएका छन् । नेपाली सेना २१ जना र सर्वसाधरण १० जना गरी जम्मा ३१ जनालाई बुस्टर खोप लगाएको छ ।

त्यसै गरी भेरोसिल १ जनालाई लगाइएको संयोजक शाहीले बताएका छन् । उक्त खोप लगाउनमा खटिने स्वास्थ्यकर्मी जैमलबहादुर शाही लगाएतका स्वास्थ्य कर्मीलाई खार्पुनाथ स्वास्थ्य संयोजक शाही धन्यवाद समेत दिएका छन् ।

सम्बन्धित

ताजा अपडेट
बाजुराको गुम्बा गाउँका स्थानीय हुम्ला अन्तरगत मैला पञ्चायतमा
रेडियो कर्णाली आवाजको बार्षिक उत्सबमा जवाफ देहिता कार्यक्रम
बालबालिकाका कार्यक्रममा अभिभावक साथमा राख्नु पर्ने नाम्खा उपाध्यक्षः तक्दिर लामा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: [email protected]

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९