राज शाही आइतबार, फाल्गुण २२, २०७८ मा प्रकाशित

featured photo: Mansarowar Times

दुर्गमका दुई वटा माध्यामिक विद्यालयलाई ल्यापटप सहयोग स्वरुप उपलब्ध गरिएका छन् । सिङ्गापुरस्थि सास इष्टिच्युट प्राईभेट लिमिटेडले विद्यालयलाई ल्यापटप उपलब्ध गराएको हो । ल्यापटप उपलब्ध गराउन सहजिकरण गरेका बालमन्दिर माध्यामिक विद्यालयका शिक्षक छतुप लामाले न्यून आयश्रोत भएको दुर्गमको सिमकोट गाउँपालिकका बालमन्दिर  र रलिङ माध्यामिक विद्यालयलाई छ थान ब्राण्डेट ल्यापटप सहयोग स्वरुप उपलब्ध भएको जानकारी दिएका हुन ।

दुवै विद्यालयलाई तीन तीन थाल ल्यापटप सहयोग गरिएको हो । एक कार्यक्रमको आयोजना गरि दुबै विद्यालयलाई हस्तान्तरण गरिएको लामाले बताएका छन । विद्यालयको आबश्यकतालाई ध्यान दिएर सासबाट ती ल्यापटप उपलब्ध भएका हुन  । यी ल्यापटपको मुल्य आठ लाख तीस हजार परेको छ ।

नयाँ ल्यापटप पाएपछि विद्यालयका शिक्षकलाई पठन पाठनमा सहयोगी हुनेछ । आफ्नै श्रोतले विद्यालयले ल्यापटप खरिद गर्न नसकि रहेको बेला ल्यापटप विद्यालयलाई उपलब्ध हुँदा शिक्षकलाई प्रबिधिबाट अध्यापन गर्न सहज हुनेछ ।

सहयोगी हातबाटै यसअघि पनि हुम्लाका  विद्यालयलाई ल्यापटप र कम्प्युटर उपलब्ध भएको र त्यतिले मात्र नपुगेको बेला थप ल्यापटप उपलब्ध हुँदा विद्यालयलाई राहत मिलेको हो । प्रत्येक शिक्षकलाई हात हातमा ल्यापटप उपलब्ध गराउने विद्यालयको लक्ष्यलाई यस्ता सहयोगले मद्धत पुगेको छ । यी ल्यापटपको मुल्य आठ लाख तीस हजार परेको जानकारी प्राप्त भएको छ ।

सम्बन्धित

ताजा अपडेट
अनुमति लिएर राखिएका हातहतियार बुझाउन अपिल
लोकतन्त्रको सुन्दर पक्ष निर्वाचन भएको , काँग्रेस उम्मेदवार रोकाया
प्रतिनिधिसभा निर्वाचनका लागि हुम्ला जिल्लाबाट ८ वटा दलले मनोनयन दर्ता

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: [email protected]

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९