राज शाही बुधबार, फाल्गुण १८, २०७८ मा प्रकाशित

कर्णाली करिडोर अन्र्तगत हुम्ला खण्डको सर्केगार्ड गाउँपालिकाको दुल्ली कुनादेखि खार्पुनाथ गाउँपालिकाको लालीबगरसम्मको सडकको निर्माण कार्य नेपाली सेनाले सुरु गरेको छ । आफ्नो जिम्मा पाएको सडक निर्माणको कार्य बुधबारबाट सेनाले चट्टान बिष्फोट गरेर सुरुवात गरेको हो । नेपाली सेनाको बिकास निर्माण दल दुल्लीकुना खार्पु सडक निर्माण आयोजनाको योजना प्रमुख अनुप पोखरेलले सडक निर्माणको कार्य सुरु भएको जानकारी दिए । तीन दिन अगाडीबाट छारे र लाली बगरको चट्टानी क्षेत्रमा स्थानीय कामदारहरुको समुहले होल खोप्नु सुरु गरेका थिए ।

बुधवार पहिलो दिन १६० राउण्ड दुई स्थानमा बिष्फोट गराएर असी मिटर चट्टान फुटाउने कार्य सुरु भएको ब्राहदल गुल्मका गुल्मपती मेजर गणेश खड्काले बताएका छन् ।  अब सेनाले चट्टान बिष्फोट गर्ने, होल खोप्ने र स्काभेटरबाट सडक निर्माण गर्ने कार्य एकसाथ गर्ने छ । त्योसंगै कामदारबाट वाल लगाउने, ग्याबीन भर्ने र अन्य संरचना समेत निर्माण गरिनेछ ।

दुल्ली कुनादेखि लालीबगरसम्मको सडक खण्डमा सात किलो मिटर चट्टानी भागमा सेनाले काम गर्ने जिम्मेवारी पाएको थियो । यो आर्थिक वर्षमा पाँच सय मिटरको काम गर्ने गरि बजेटको ब्यबस्था भएको छ ।

सेनाले आगामी वर्ष आबश्यकता अनुसार बजेटको व्यवस्था हुन सके बाँकी साँढे छ किलोमिटर सडक निर्माणको जिम्माको काम सम्पन्न गर्ने जनाएको छ । यो काम निर्माण गर्नका लागि नेपाली सेनाको ३५ सदस्यीय टोली सुनाखाडामा क्याम्प निर्माण गरेर बसेको छ । मेशिन, आबश्यक उपकरण, औजार र निर्माण सामाग्री सेनाले हेलिकोप्टरबाट सुनाखाडामा ढुवानी गरेको थियो ।

नेपाल सरकारले गत असोजमा मन्त्री परिषदबाट निर्णय गरेर हुम्लाको सदरमुकाम सिमकोटलाई राष्ट्रिय सडक सञ्जालसंग जोड्नका लागि कर्णाली करिडोरको हुम्ला खण्डको दुल्लीकुना देखि लालीबगरसम्मको सात किलो मिटर नेपाली सेनालाई सडक निर्माणको जिम्मा लगाएको थियो ।

निर्णय कार्यान्वयन हुँन पाँच महिनाको समय लागेको कारण पनि सडक निर्माणमा ढिलाई भएको हो । गत असार ३१ गते करिडोरकै हुम्ला खण्डमा पर्ने कवाडीदेखि सलीसल्लासम्मको ३९ किलोमिटर सडकको निर्माण कार्य सम्पन्न गरेर सेनाले हिल्सा सिमकोट सडक आयोजनालाई हस्तान्तरण गरि सकेको थियो ।

सम्बन्धित

ताजा अपडेट
मेडिकल जीवनमा मिनेट भन्दा पनि सेकेन्डको महत्व धेरै हुनेः पुर्व मुख्य मन्त्री शाही
नेपाली काँग्रेस प्रदेश सभा क्षेत्र क र ख को अधिवेसन सम्पन्न
माध्यामिक विद्यालय शिक्षक युनियन जिल्ला कार्यसमिति गठन

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: rajanhahi@gmail.com

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९