राज शाही मंगलबार, फाल्गुण १७, २०७८ मा प्रकाशित

हुम्ला जिल्ला निर्वाचन कार्यालयले स्थानीय तहको निर्वाचनमा भाग लिने मतदाताको विवरण दाबीविरोधका लागि हरेक स्थानीय तहमा पठाएको छ । निर्बाचन कार्यालयले मतदाताको नामावली टाँस गरेर गल्ती सच्याउन लागेको हो ।

सरकारले वैशाख ३० मा घोषणा गरेको स्थानीय तह निर्वाचन आउन ७४ दिन मात्रै बाँकी छ । निर्वाचनमा हुम्ला जिल्लामा ३२ हजार ८ सय ४६ मतदाता हुन सक्ने निर्बाचन कार्यालय हुम्लाको अनुमान छ ।

तथ्यांकमा पछिल्लो चार वर्षमा मृत्यु भइसकेका, बसाइँ सरेका व्यक्तिको नाम पनि समावेश छ । ‘जिल्ला निर्बाचन कार्यालयमा रहेको मतदाता नामावलीमा त्रुटि हुन सक्ने भएकाले सच्याउन वडास्तरमा टाँस्न पठाइसकेका छौँ,’ जिल्ला निर्वाचन अधिकारी स्यामबहादुर रानाले बताएका छन् ।

‘वडाबाट दाबीविरोधसहितको विवरण आएपछि निर्बाचन कार्यालयले सच्याउनेछ । अनि मात्रै अन्तिम मतदाता नामावली तयार हुन्छ ।’ वडास्तरमा मतदाता नामावली १८ गते सम्म टाँसिँदै छ । निर्बाचन कार्यालयका अनुसार कुनै व्यक्तिको दोहोरो नाम परे, उमेर, थर फरक परे दाबीविरोधका क्रममा सच्याउन सकिनेछ ।

मतदाता नामावली अद्यावधिक गर्न आफ्नो विवरणमा कुनै त्रुटि भएमा इमेल र फ्याक्समार्फत निवेदन दिन सक्ने निर्णय पनि गरेको छ । यसअघि निर्वाचन कार्यालयमै गएर सच्याउनुपर्ने बाध्यता थियो । मतदाता परिचयपत्र हराएको व्यक्तिले शुक्रबारसम्म निवेदन दिन सक्ने निर्बाचन अधिकारी रानाले बताए ।

सम्बन्धित

ताजा अपडेट
लैङ्गिक हिंसा, जातीय संवेदनशीलता तथा सामाजिक सद्भावसम्बन्धि कार्याशाला गाेष्ठी
विद्यालयमा दिवा खाजा कार्यक्रममा प्राकृतिक खेतीका उत्पादन जोड्न समन्वय
विषादी रहित स्थानीय उत्पादन विद्यालयको दिवा खाजामा प्रयोग

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: [email protected]

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९