राज शाही मंगलबार, फाल्गुण १७, २०७८ मा प्रकाशित

featured photo: Mansarowar Times

हुम्ला जिल्ला निर्वाचन कार्यालयले स्थानीय तहको निर्वाचनमा भाग लिने मतदाताको विवरण दाबीविरोधका लागि हरेक स्थानीय तहमा पठाएको छ । निर्बाचन कार्यालयले मतदाताको नामावली टाँस गरेर गल्ती सच्याउन लागेको हो ।

सरकारले वैशाख ३० मा घोषणा गरेको स्थानीय तह निर्वाचन आउन ७४ दिन मात्रै बाँकी छ । निर्वाचनमा हुम्ला जिल्लामा ३२ हजार ८ सय ४६ मतदाता हुन सक्ने निर्बाचन कार्यालय हुम्लाको अनुमान छ ।

तथ्यांकमा पछिल्लो चार वर्षमा मृत्यु भइसकेका, बसाइँ सरेका व्यक्तिको नाम पनि समावेश छ । ‘जिल्ला निर्बाचन कार्यालयमा रहेको मतदाता नामावलीमा त्रुटि हुन सक्ने भएकाले सच्याउन वडास्तरमा टाँस्न पठाइसकेका छौँ,’ जिल्ला निर्वाचन अधिकारी स्यामबहादुर रानाले बताएका छन् ।

‘वडाबाट दाबीविरोधसहितको विवरण आएपछि निर्बाचन कार्यालयले सच्याउनेछ । अनि मात्रै अन्तिम मतदाता नामावली तयार हुन्छ ।’ वडास्तरमा मतदाता नामावली १८ गते सम्म टाँसिँदै छ । निर्बाचन कार्यालयका अनुसार कुनै व्यक्तिको दोहोरो नाम परे, उमेर, थर फरक परे दाबीविरोधका क्रममा सच्याउन सकिनेछ ।

मतदाता नामावली अद्यावधिक गर्न आफ्नो विवरणमा कुनै त्रुटि भएमा इमेल र फ्याक्समार्फत निवेदन दिन सक्ने निर्णय पनि गरेको छ । यसअघि निर्वाचन कार्यालयमै गएर सच्याउनुपर्ने बाध्यता थियो । मतदाता परिचयपत्र हराएको व्यक्तिले शुक्रबारसम्म निवेदन दिन सक्ने निर्बाचन अधिकारी रानाले बताए ।

सम्बन्धित

ताजा अपडेट
हुम्लाका छ दर्जन बढी योजनाको काम चिसोले प्रभावित
हेड नेपालको सहयोगमा ३४ औ अन्तराष्ट्रिय अपाङ्गता दिवस मनाइयो
मोतिया विन्दु सल्यक्रिया र हेपाटाइटिस बि सम्बन्धिको भ्याक्सिनेसन शिविर

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: [email protected]

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९