राज शाही सोमबार, फाल्गुण १६, २०७८ मा प्रकाशित

featured photo: Mansarowar Times

हिमाली जिल्ला हुम्लाको खार्पुनाथ गाउँ पालिकामा मतदाता संख्या ४ हजार ८४ रहेको छ । जिल्ला निर्वाचन कार्यालय हुम्लाको प्रारारम्भिक मतदाता नामावलि प्रकासित भए अनुसार खार्पुनाथ गाउँ पालिकाका ५ वटै वडाको मतदाता संख्या ४ हजार ८४ रहेको हो ।

जसमा खार्पुनाथ गाउँ पालिका वडा नं १ मा १ हजार ७८ मतदाता, सोही गाउँ पालिका वडा नं २ मा ५ सय ८७ मतदाता, वडा नं ३ मा ६ सय ३१ मतदाता,  वडा नं ४ मा ७ सय २२  र वडा नं ५ मा १ हजार ६६ मतदाता गरी जम्मा ४ हजार ८४ मतदाता रहेको जिल्ला निर्वाचन अधिकारी श्यामबहादुर रानाले बताएका छन् ।

त्यसै गरी उक्त गाउँ पालिकामा ५ वटा मतदान केन्द्र तोकिएको छ । खार्पुनाथ गाउँ पालिका वडा नं १ को  मालिका माध्यामिक विद्यालय लाली,  वडा नं २ को शंकर आधारभुत विद्यालय थाली,  वडा नं ३ को  हुम्ला माध्यामिक विद्यालय राया वडा नं ४ को सीता माध्यामिक विद्यालय छिप्रा र वडा नं ५ को मान्धार माध्यामिक विद्यालय भण्कुण्टालाई मतदान केन्द्र तोकिएको छ ।

२०७४ सालकै मतदान केन्द्रलाई यथावत राख्ने गरी निर्वाचन आयोगबाट जानकारी प्राप्त भएकाले पुन मतदान केन्द्र थप्ने वा घट्ने संभावना अति निउन रहेको जिल्ला निर्वाचन अधिकारी रानाले बताएका छन् । मतदाताको अध्यावधिक कार्य हाल भइ रहेकाले थोरै थप घट हुन सक्ने पनि जिल्ला निर्वाचन अधिकारी रानाले बताएका छन् ।

सम्बन्धित

ताजा अपडेट
अनुमति लिएर राखिएका हातहतियार बुझाउन अपिल
लोकतन्त्रको सुन्दर पक्ष निर्वाचन भएको , काँग्रेस उम्मेदवार रोकाया
प्रतिनिधिसभा निर्वाचनका लागि हुम्ला जिल्लाबाट ८ वटा दलले मनोनयन दर्ता

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: [email protected]

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९