राज शाही सोमबार, फाल्गुण १६, २०७८ मा प्रकाशित

featured photo: Mansarowar Times

हिमाली जिल्ला हुम्लाको खार्पुनाथ गाउँ पालिकामा मतदाता संख्या ४ हजार ८४ रहेको छ । जिल्ला निर्वाचन कार्यालय हुम्लाको प्रारारम्भिक मतदाता नामावलि प्रकासित भए अनुसार खार्पुनाथ गाउँ पालिकाका ५ वटै वडाको मतदाता संख्या ४ हजार ८४ रहेको हो ।

जसमा खार्पुनाथ गाउँ पालिका वडा नं १ मा १ हजार ७८ मतदाता, सोही गाउँ पालिका वडा नं २ मा ५ सय ८७ मतदाता, वडा नं ३ मा ६ सय ३१ मतदाता,  वडा नं ४ मा ७ सय २२  र वडा नं ५ मा १ हजार ६६ मतदाता गरी जम्मा ४ हजार ८४ मतदाता रहेको जिल्ला निर्वाचन अधिकारी श्यामबहादुर रानाले बताएका छन् ।

त्यसै गरी उक्त गाउँ पालिकामा ५ वटा मतदान केन्द्र तोकिएको छ । खार्पुनाथ गाउँ पालिका वडा नं १ को  मालिका माध्यामिक विद्यालय लाली,  वडा नं २ को शंकर आधारभुत विद्यालय थाली,  वडा नं ३ को  हुम्ला माध्यामिक विद्यालय राया वडा नं ४ को सीता माध्यामिक विद्यालय छिप्रा र वडा नं ५ को मान्धार माध्यामिक विद्यालय भण्कुण्टालाई मतदान केन्द्र तोकिएको छ ।

२०७४ सालकै मतदान केन्द्रलाई यथावत राख्ने गरी निर्वाचन आयोगबाट जानकारी प्राप्त भएकाले पुन मतदान केन्द्र थप्ने वा घट्ने संभावना अति निउन रहेको जिल्ला निर्वाचन अधिकारी रानाले बताएका छन् । मतदाताको अध्यावधिक कार्य हाल भइ रहेकाले थोरै थप घट हुन सक्ने पनि जिल्ला निर्वाचन अधिकारी रानाले बताएका छन् ।

सम्बन्धित

ताजा अपडेट
बाजुराको गुम्बा गाउँका स्थानीय हुम्ला अन्तरगत मैला पञ्चायतमा
रेडियो कर्णाली आवाजको बार्षिक उत्सबमा जवाफ देहिता कार्यक्रम
बालबालिकाका कार्यक्रममा अभिभावक साथमा राख्नु पर्ने नाम्खा उपाध्यक्षः तक्दिर लामा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: [email protected]

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९