राज शाही सोमबार, फाल्गुण १६, २०७८ मा प्रकाशित

कर्णाली प्रदेश वन पर्यटन तथा वातावरण मन्त्री का्र्चिन लामा हुम्लामा आएका छन् । लामा कर्णाली प्रदेशको वन पर्यटन तथा वातावरण मन्त्री भएपछि दोश्रो पटक हुम्लामा आएका हुन । लामा यस अघि जनआनदोलन दिवस फागुन २ गते लामा हुम्ला जिल्लाको क्षेत्र नं क को ताँजाकोट अदानचुली र चंखेली गाउँ पालिकामा पुगी त्यहाँका जनतासँगको घर दैलो कार्यक्रम संचालन सँगै सहित वक्त वुढाका घर परिवार सँग भेटघाट गरेका थिए ।

मन्त्री लामा  शोमबार विहान ९ वजे हुम्ला आएका हुन । हुम्ला आए संगै हुम्ली जनताले मन्त्री लामालाई भव्यरुपमा स्वागत गरेका थिए । लामा मन्त्री भएको खुसियालीमा बजार र्याली निकाली नेकपा माओवादी केन्द्र पार्टी कार्यालयमा पुगी त्यस पछि जिल्ला समन्वय समितिको सभाहलमा नेकपा माओवादी केन्द्रका नेता तथा कार्यकर्तालाई दुई घण्टा परिशिक्षण कार्यक्रम संचालन गरिएको थियो ।

हुम्ला जिल्लामा मन्त्री लामालाई बाजागाजा सहित टसि खादा अविरलगाइ भव्यरुपमा स्वागत गरिएको थियो । मन्त्री लामा सँगै केन्दिय सदस्य विजय भण्डारी, जिल्ला अध्यक्ष लाल केश जैसी र जिल्ला समन्वय प्रमुख दानबहादुर रावत जिल्लामा आएका छन् ।

सम्बन्धित

ताजा अपडेट
मेडिकल जीवनमा मिनेट भन्दा पनि सेकेन्डको महत्व धेरै हुनेः पुर्व मुख्य मन्त्री शाही
नेपाली काँग्रेस प्रदेश सभा क्षेत्र क र ख को अधिवेसन सम्पन्न
माध्यामिक विद्यालय शिक्षक युनियन जिल्ला कार्यसमिति गठन

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: rajanhahi@gmail.com

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९