राज शाही आइतबार, फाल्गुण १५, २०७८ मा प्रकाशित

कर्णाली करिडोरको हुम्ला खण्ड अन्र्तगत दुल्लीकुना देखि लालीबगरसम्मको सडक निर्माणका लागि नेपाली सेनाले निर्माण सामाग्री ढुवानी सुरु गरेको छ । नेपाल सरकारले उक्त खण्डको निर्माणको जिम्मा नेपाली सेनाको बिकास निर्माण दललाई दिए अनुसार सेनाले निर्माण कार्य सुरु गर्न सामाग्री हेलिकोप्टरबाट ढुवानी सुरु गरेको हो ।

सडक निर्माणमा खटिएका सहसेनानी डिल्लीराम साप्कोटाले नेपाली सेनाले आफ्नो जिम्माको काम सुरु गर्न निर्माण सामाग्री हेलिकोप्टरबाट ढुवानी सुरु भएको जानकारी दिएका छन् । यसअघि सेनाको एक टोली सडक निर्माण खण्डको सुनाखाडामा आएर बसेको थियो । सेनाको बिकास निर्माण दलको टिम आएर सडक निर्माणस्थलमा पुगेपछि निर्माण सामाग्री ढुवानी सुरु भएको हो ।

पाँच दिन लगातार सेनाको एमआई सेभेन्टिन हेलिकोप्टरले सामाग्री ढुवानी गरेको हो । निर्माण स्थलमा आई पुगेका सामाग्रीहरुमा बिष्फोटक पदार्थदेखि, निर्माण सामाग्री, औजार लगाएतका रहेका छन् ।  उनले अधिकाँस सामाग्री निर्माण स्थलमा आई पुगेको र अब स्काभेटर आउन बाँकी रहेको र त्यो पनि केही दिनमा आई पुग्ने बताएका छन् । उक्त सामाग्री हेलिकोप्टरले सर्केगार्ड गाउँपालिका–१ को खच्चबाट ढुवानी गरेको हो । सेना यसअघि करिडोरको हुम्ला खण्डकै कवाडी सलीसल्ला क्षेत्रको ३९ किलो मिटर सडक निर्माण गर्न सो स्थानमा बसेको थियो ।

हाल लालीबगरमा ३५ जना नेपाली सेनाको टिम रहेको छ । जसले बासस्थल निर्माण गर्ने कार्यले सडक निर्माण स्थलको चट्टानी भागमा होल खोप्ने कार्य गरि रहेको सेनाले जनाएको छ । अब सेनाले चाँडै बिष्फोट गर्ने कार्य सुरु हुने जनाएको छ । सेनाले दुल्ली कुनादेखि लालीबगरसम्मको सात किलो मिटर चट्टानी क्षेत्रको निर्माण कार्य गर्नेछ ।

सम्बन्धित

ताजा अपडेट
लैङ्गिक हिंसा, जातीय संवेदनशीलता तथा सामाजिक सद्भावसम्बन्धि कार्याशाला गाेष्ठी
विद्यालयमा दिवा खाजा कार्यक्रममा प्राकृतिक खेतीका उत्पादन जोड्न समन्वय
विषादी रहित स्थानीय उत्पादन विद्यालयको दिवा खाजामा प्रयोग

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: [email protected]

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९