राज शाही आइतबार, फाल्गुण ०८, २०७८ मा प्रकाशित

हिमाली जिल्ला हुम्लामा चिसो मौसममा कम्मल वितरण गरिएको छ । यो चिसो मौसममा कम्मल वितरणले गरिव निमुखा विपन्न वर्गका समुदायलाई न्यानो महसुस गरेको नेपाली काँग्रेसका उपसभापति वसन्त रोकायाले बताएका छन् ।

सुर्खेतमा स्थापित सत्यसाइ बाबाको कम्मल सहयोग सँगै उपसभापति बसन्त रोकायाको हवाइ भाडा ढुवानी सहयोगमा हुम्ला जिल्लाका विपन्न गरिव निमुखा जनतालाई ४० वटा कम्मल वितरण गरिएको छ । वितरण सिमकोट गाउँ पालिका वडा नं ७ र ८ मा वितरण गरिएको हो ।

हिमाली जिल्लामा हिमापात भई रहेको वेला सुर्खेतमा स्थापित सत्यसाईबाबाको सहयोगमा ५० वटा कम्मल सहयोग गरिएकोमा ४० वटा सिमकोट गाउँ पालिकाको वडा नं ८ स्याँडा गाउँलाई २० वटा र सिमकोट गाउँ पालिका वडा नं ७ डाँडाफयालाई २० वटा गरी जम्मा ४० वटा वितरण गरिएको र बाँकी १० वटा जिल्ला भरिका अति विपन्न गरिव निमुका व्यक्तीहरुको पहिचान गरी वितरण गरीने उपसभापति रोकायाले बताएका छन् ।

फागुन ६ र ७ गते वितरण गरिएको कम्मल बितरण कार्यक्रममा नेपाली काँग्रेसका नेता तथा कार्यक्ताको सहभागीता रहेको र ति कार्यकर्ताहरु सँग २०७९ साल बैशाख ३० गते हुने स्थानिय तहको चुनाब लक्षित कार्यक्रमका बारेमा बहस तथा छलफल र अन्तरक्रिया कार्यक्रम संचालन गरिएको उपसभापति रोकायाले बताएका छन् ।

वडा कार्यालयको समन्वयमा न्यून आयस्रोत भएका, विपन्न, एकल महिला, ज्येष्ठ नागरिक, दलितलगायतलाई छनोट गरेर कम्बल वितरण गरिएका हुन्। कम्बल पाएपछि ज्येष्ठ नागरिकले चिसोबाट बच्न सहयोग पुग्ने भएको कारण खुसी व्यक्त गरेका छन्। केन्द्रको सुर्खेतबाट प्राप्त भएका ५० थान कम्बलको सिमकोटसम्म हवाईमार्गको ढुवानीमा भने बिपी चिन्तन प्रतिष्ठान हुम्लाका सभापति मधु बस्नेत शाहीले सहयोग गरेका थिए।

सम्बन्धित

ताजा अपडेट
मेडिकल जीवनमा मिनेट भन्दा पनि सेकेन्डको महत्व धेरै हुनेः पुर्व मुख्य मन्त्री शाही
नेपाली काँग्रेस प्रदेश सभा क्षेत्र क र ख को अधिवेसन सम्पन्न
माध्यामिक विद्यालय शिक्षक युनियन जिल्ला कार्यसमिति गठन

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: rajanhahi@gmail.com

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९