राज शाही बिहिबार, फाल्गुण ०५, २०७८ मा प्रकाशित

हुम्ला

प्रसुती वेथा लागेको तीन दिनपछि सुत्करी  भएकी एक जना महिलाको हेलिकोप्टबाट जिल्ला बाहिर उद्धार गरिएको छ । घरमै बच्चा जन्मने र सालनाल निस्कने कार्य सफल भएको भएपनि बच्चा जन्मने बित्तिक्कै सुत्केरी महिलाको शरिर सुनिन थालेपछि उनलाई हेलिकोप्टरमा उद्धार गरिएको हो ।

स्वास्थ्य सेवा कार्यालयकी बरिष्ठ अनमी सरिता बोहराका अनुसार हुम्ला जिल्ला   खार्पुनाथ गाउँपालिका– २ थाली गाउँकी पच्चीस वर्षीया जानसा रावल सुत्केरी भई सकेपछि शरिर सुनिएर स्वास प्रस्वासमा समस्या आएपछि हेलिकोप्टरबाट उद्धार गरिएको बताएकी छन ।

सुत्केरी  भएकी रावललाई तीन दिनसम्म घरमै ब्यथा लागेको र बुधबार बिहान बच्चा जन्माउन सफल भएपनि त्यसपछि शरिर सुनिएको जानकारी आउने बित्तिक्कै उद्धारका लागि पहल गरिएको र बिहीबार उनको नेपाली सेनाको हेलिकोप्टरबाट उद्धार गरिएको हो ।

बरिष्ठ अनमी बोहराले बच्चा जन्मे पनि आमाको शरिरमा सुनिएको कारण जोखिम हुने देखिएपछि हेलिकोप्टरबाट उद्धार गर्नु परेको बताएकी छन् । आमाको शरिर सुनिएको भएपनि शिशुको स्वास्थ्य भने राम्रो रहेको कार्यालयले जनाएको छ ।

सहायक प्रमुख जिल्ला अधिकारी दशरथ राईले सुत्केरी भएर बिरामी भएको खबर आउने बित्तिकै महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालय अन्र्तगतको राष्ट्रपति महिला उत्थान कार्यक्रमको सहयोगमा हेलिकोप्टरको व्यवस्था भएको जानकारी दिए । हेलिकोप्टर उद्धारका लागि लाग्ने हवाई भाडा सो कार्यक्रमले व्यहोर्ने छ । यसवर्ष हुम्ला जिल्लाबाट यो सहित तीन जना सुत्केरी तथा  प्रसुती वेथा लागेकी महिलाको उद्धार गरिएको हो ।

सम्बन्धित

ताजा अपडेट
लैङ्गिक हिंसा, जातीय संवेदनशीलता तथा सामाजिक सद्भावसम्बन्धि कार्याशाला गाेष्ठी
विद्यालयमा दिवा खाजा कार्यक्रममा प्राकृतिक खेतीका उत्पादन जोड्न समन्वय
विषादी रहित स्थानीय उत्पादन विद्यालयको दिवा खाजामा प्रयोग

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: [email protected]

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९