राज शाही बिहिबार, फाल्गुण ०५, २०७८ मा प्रकाशित

featured photo: Mansarowar Times

हुम्ला

प्रसुती वेथा लागेको तीन दिनपछि सुत्करी  भएकी एक जना महिलाको हेलिकोप्टबाट जिल्ला बाहिर उद्धार गरिएको छ । घरमै बच्चा जन्मने र सालनाल निस्कने कार्य सफल भएको भएपनि बच्चा जन्मने बित्तिक्कै सुत्केरी महिलाको शरिर सुनिन थालेपछि उनलाई हेलिकोप्टरमा उद्धार गरिएको हो ।

स्वास्थ्य सेवा कार्यालयकी बरिष्ठ अनमी सरिता बोहराका अनुसार हुम्ला जिल्ला   खार्पुनाथ गाउँपालिका– २ थाली गाउँकी पच्चीस वर्षीया जानसा रावल सुत्केरी भई सकेपछि शरिर सुनिएर स्वास प्रस्वासमा समस्या आएपछि हेलिकोप्टरबाट उद्धार गरिएको बताएकी छन ।

सुत्केरी  भएकी रावललाई तीन दिनसम्म घरमै ब्यथा लागेको र बुधबार बिहान बच्चा जन्माउन सफल भएपनि त्यसपछि शरिर सुनिएको जानकारी आउने बित्तिक्कै उद्धारका लागि पहल गरिएको र बिहीबार उनको नेपाली सेनाको हेलिकोप्टरबाट उद्धार गरिएको हो ।

बरिष्ठ अनमी बोहराले बच्चा जन्मे पनि आमाको शरिरमा सुनिएको कारण जोखिम हुने देखिएपछि हेलिकोप्टरबाट उद्धार गर्नु परेको बताएकी छन् । आमाको शरिर सुनिएको भएपनि शिशुको स्वास्थ्य भने राम्रो रहेको कार्यालयले जनाएको छ ।

सहायक प्रमुख जिल्ला अधिकारी दशरथ राईले सुत्केरी भएर बिरामी भएको खबर आउने बित्तिकै महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालय अन्र्तगतको राष्ट्रपति महिला उत्थान कार्यक्रमको सहयोगमा हेलिकोप्टरको व्यवस्था भएको जानकारी दिए । हेलिकोप्टर उद्धारका लागि लाग्ने हवाई भाडा सो कार्यक्रमले व्यहोर्ने छ । यसवर्ष हुम्ला जिल्लाबाट यो सहित तीन जना सुत्केरी तथा  प्रसुती वेथा लागेकी महिलाको उद्धार गरिएको हो ।

सम्बन्धित

ताजा अपडेट
२२ औं महिला स्वास्थ्य स्वयंसेविका दिवस  विभिन्न कार्यक्रम गरि मनाइयो
हुम्लाका छ दर्जन बढी योजनाको काम चिसोले प्रभावित
हेड नेपालको सहयोगमा ३४ औ अन्तराष्ट्रिय अपाङ्गता दिवस मनाइयो

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: [email protected]

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९