राज शाही शुक्रबार, माघ २८, २०७८ मा प्रकाशित

बरादल गुल्म रानीवन व्यारेक हुम्लाका गुल्मपती गणेस खड्काको नेतृत्वको नेपाली सेनाले हुम्लामा भेटिएको सकेट वम डिसपोज गरेको छ । उक्त वम नेपाली सेनाको टोलीले सुक्रबार डिसपोज गरीएको हो ।

सो बम हुम्ला जिल्लाको खार्पुनाथ गाउँपालिका वडा नं  ४ को मेहल रुखमा  भेटिएको थियो । स्थानीयले बम जस्तो देखिने बस्तु भएको कुरा प्रहरीलाई जानकारी गराउदा बम भेटिएको स्थानमा  बरादल गुल्म रानीवन व्यारेकका नेपाली  सेनाको टोली पुगेपछि सकेट बम भएको सेनाले पत्ता लगाएको हो ।

नेपाली सेनाको बराहदल गुल्मका गुल्मपति गणेश खड्काका अनुसार शंकास्पद रुपमा भेटिएको बस्तु सकेट बम भएको पत्ता लागेको हो । बम भएको आशंका गरिएको जानकारी पाउने बित्तिक्कै गुल्मपति खड्का सहित सेनाको टोली घटनास्थलमा पुगेको थियो ।

बमलाई डिस्पोजल गर्ने उपकरण सहित टोली पुगेको हो । सेनाको टोलीले सकेट बम भएको पत्ता लगाएसंगै त्यसलाई डिस्पोज गरिएको  छ । सकेट बम भेटिएको स्थान वरपर सर्वसाधारण विहिवार  दिउसो कसैलाई आउजाउ गर्न दिईएको थिएन ।

बम भेटिएको स्थल सदरमुकाम सिमकोटबाट डेढ घण्टा पैदल लाग्ने गर्छ । सेनाले आजै बमलाई डिस्पोज गरेर फिर्ता भएको हो । सेनाले सो सकेट बम माओवादी युद्धका क्रममा राखिएको हुन सक्ने गुल्मपती खड्काले बताएका छन ।

सम्बन्धित

ताजा अपडेट
लैङ्गिक हिंसा, जातीय संवेदनशीलता तथा सामाजिक सद्भावसम्बन्धि कार्याशाला गाेष्ठी
विद्यालयमा दिवा खाजा कार्यक्रममा प्राकृतिक खेतीका उत्पादन जोड्न समन्वय
विषादी रहित स्थानीय उत्पादन विद्यालयको दिवा खाजामा प्रयोग

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: [email protected]

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९