राज शाही बिहिबार, माघ २७, २०७८ मा प्रकाशित

featured photo: Mansarowar Times

हिमाली जिल्ला हुम्लामा महिला र दलितको घर जग्गामा स्वामित्व बढ्दै गएको छ । नेपाल सरकार भुमि तथा व्यस्था मन्त्रालयले महिला तथा दलितको नाउँमा घर जग्गा लिखत पास गर्दा २५ प्रतिसत छुट दिन थाले पछि हुम्लामा महिला तथा दलितको नाउँमा घर जग्गा पास गर्नेको संख्यामा वृद्धि भएको जिल्ला मालपोत कार्यालय हुम्लाले जनाएको छ ।

आर्थिक वर्ष ७८।७९ मा जिल्ला मालपोत कार्यालय हुम्लामा १ सय ६३ लिखत पारित(रजिष्ट्रेसन), अंश बण्डा, अंश भरपाई भएकोमा महिला ३३ र दलित ३ जनाले आफ्नो नामा लिखत पारित अंश बण्डा, अंश भरपाई गरेको जिल्ला मालपोत कार्यालय प्रमुख रविन्द्र शाहीले बताएका छन् । जसमा महिला र दलितले ९७ हजार २ सय ३६ रुपैंया छुट पाएका हुन ।

नेपाल सरकारले महिला तथा दलितलाई २५ प्रतिसत छुट दिदा हुम्ला जिल्लामा महिला र दलितको भुमीमा स्वामित्व बढेको पाइएको हो । यस अघि महिला तथा दलितको नाममा घर जग्गा नहुदा श्रीमान तथा घर परिवार गाउँ समाजमा हेलाको द्धष्टिले हेर्ने गरेकोमा अहिले सम्मानित नजरले हेर्ने गरेको सिमकोट गाउँ पालिकाकी रमिता सुनारले बताएकी छन् ।

सम्बन्धित

ताजा अपडेट
बाजुराको गुम्बा गाउँका स्थानीय हुम्ला अन्तरगत मैला पञ्चायतमा
रेडियो कर्णाली आवाजको बार्षिक उत्सबमा जवाफ देहिता कार्यक्रम
बालबालिकाका कार्यक्रममा अभिभावक साथमा राख्नु पर्ने नाम्खा उपाध्यक्षः तक्दिर लामा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: [email protected]

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९