राज शाही सोमबार, माघ २४, २०७८ मा प्रकाशित

featured photo: Mansarowar Times

हुम्ला  जिल्लाको एक मात्र यातायातको साधन हवाई सेवा पाँचौ दिनमा सुचारु भएको छ । दुई दिन लगातार परेर बिमानस्थलमा जमेको हिउ स्नोलक भेईकल र बिमानस्थलका कर्मचारी मिलेर पन्छाएपछि बल्ल हवाई सेवा सुचारु भएको हो । नागरिक उड्यायन प्राधिकरण सिमकोट शाखाले अबरुद्ध भएको पाँचौ दिनमा हवाई सेवा सुचारु भएको जानकारी दियो । बिमानस्थलमा जमेको हिउ भेईकल र कर्मचारी मिलेर सोमबार पन्छाउन सफल भएसंगै ढिलोगरि पाँचौ दिनमा हवाई सेवा सुचारु भएको हो ।गत शनिबार नै  बिमानस्थलमा जमेको हिउ भेईकलले पन्छाउन सुरु भएको थियो । आज बिहान रन वेको छेउछाउ र पार्किङस्थलमा रहेको हिउ प्रहरी र बिमानस्थलका कर्मचारी मिलेर पन्छाउनु भएको थियो ।

पहिलो उडान नेपालगंजबाट सीताका दुई वटा र तारा एयरको एउटा जहाजले भरेका थिए ।  जसमा तारामा यात्रुहरु आउन पाएका थिए भने सीता एयरले खाद्यन्न ढुवानी गरेको थियो । नेपालगंजमा चार दिन लगातार यात्रु हुम्ला आउन नपाएपछि मर्कामा पर्दै आएका थिए  ।दोस्रो उडानमा सीता एयरले सुर्खेतबाट खाद्यन्न भरेको थियो ।

सेवा सुचारु भएसंगै यात्रु आउजाउ सहज भएको छ भने खाद्यन्न ढुवानी सुरु भएको छ । त्यसैगरि कार्गोको सामान पनि ढुवानी हुन थालेको छ । यसबाट हुम्लामा देखिएको दैनिक उपभोग्य सामाग्रीको अभाबमा सहजता हुनेछ । लामो समय हवाई सेवा बन्द हुँदा तरकारी, मासु र अन्य अत्यावश्यक सामाग्रीको अभाव देखिएको छ । त्यसैगरि सिमकोटबाट पनि यात्रुलाई गन्तव्य पुग्न तथा जडिबुटी ढुवानी सुरु भएको छ । यसवर्ष हिमपातको कारण लामो समयसम्म पहिलो पटक हवाई सेवा अबरुद्ध हुन पुगेको हो । यसअघि हिमपातको कारण एक एक दिनगरि दुई दिन  मात्र हवाई सेवा अबरुद्ध भएको थियो ।

सम्बन्धित

ताजा अपडेट
जिल्ला स्वास्थ्य सेवा कार्यालय हुम्लाले इन्फ्लुएन्जा (फ्लु) बाट बच्न आग्रह
घरपालुवा पशुलाइ जंगली जनावर भालुले क्षेती पुर्याय क्षेतीपुर्ती पाउने
२२ औं महिला स्वास्थ्य स्वयंसेविका दिवस  विभिन्न कार्यक्रम गरि मनाइयो

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: [email protected]

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९